चाडबाडमा राहत


प्रकाशित मिति : आश्विन १९, २०७४ बिहीबार

– सुरज राई / इटहरी

गत श्रावण महिनामा इटहरिको बुढी खोलामा आएको बाढीबाट प्रभाबितहरुलाई  राहत वितरण गरिएको छ । युनाइटेड किरात अर्गनाइजेसन अफ अमेरिका,किरात राई यायोखा प्रारम्भिक कार्य समिति इटहरी,साइप्रस,हंगकंग,युके,दुबई, इजराएल, मलेसियामा कार्यरत नेपालीहरु र धरान तथा स्थानीय इटहरीबाट संकलन गरिएको संयुक्त राहत वितरणबाट १०० घर परिवार लाभान्वित भएका छन् ।

बाढीमा परि ज्यान गुमाउने हरुको सम्झनामा एक मिनेट मौन धारण गरि शुरु भएको उक्त कार्यक्रममा संयोजक शिब बान्तवाले आफुले देखेको पिडितको समस्या लाइ केहि भए पनि मल्हम पट्टि गर्न सकिन्छ कि भनि सम्पूर्णमा हार गुहार गरिएको र राहत संकलन गरिएको र दाता हरुलाई धन्यवाद दिनु भएको थियो । बुढी खोलामा आएको बाढीबाट प्रभाबित १७६ घर धुरी भएको तर हाल १०० घर धुरीलाई मात्र राहत पुर्याउन सक्षम भएको छ । जस मध्ये ४६ घर परिवारलाइ एक थान ब्लाङ्ग्केट, एउटा ४ लिटरको प्रेसर कुकर २५ केजिको एक बोरा चामल र रु १००० रकम वितरण गरियो भने ५४ घर परिवारलाई नगद रु ४२०० प्रतिघरका दरले बितरण गरियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त रुपमा राहत वितरण गर्ने हरुमा संयोजक तथा समाजसेवी शिब बान्तवाले ४४ जना लाई वितरण गर्नु भयो । कार्यक्रम संयोजक बसन्त राइले बाउ आमा र भाइ गुमाएका कमला राई बर्स १५ र निसान राई बर्स ११ लाई रु ३९,४०६,  ५ र ६ वर्सका नानीहरु रुप्सनी राइ र रुपेश राइ लाई गुमाएका अभिभावक लाई रु २१ ,५०६  रकम जिन्सी सहित खादा लगाएर सम्मान गर्नु भयो ।साकेन्वा लाक्छाम समिति धरानकाअध्यक्ष भालुमान राइले प्रेसर कुकर,अन्य अतिथि हरुले ५४ जनालाई जनही नगद रु ४२०० वितरण गर्नु भएको थियो ।

बाढीमा ज्यान जोखिम मोलेर सानू मैयाँ राई जो ४ घण्टा पानीमा बगेकी थिइन् ,उनलाई बचाउने बीरु ऋषिदेब र अनिल ऋषिदेब लगाएत तीन जनालाइ जनहि रु ५५०६ दिएर सम्मान गरिएको थियो । सहयोग रकम मध्ये युनाइटेड किरात अर्गनाइजेसन अफ अमेरिकाबाट रु १,००,०५४ राज सुनुवार किरात र शिव बान्तावा राई बाट संकलित रु ३,१३,४५८ किरात राई यायोखा प्राकास इटहरी बाट संकलित रकम रु १,२७,५०० संकलन गरिएको थियो ।

भोजपुर घर भै धरान बसोबास गर्नु हुने समाजसेवी शिब बान्तवा राई, ओखल ढुंगा घर  भै हाल मलेशियाका राज सुनुवार किरात ,भोजपुर घर भै हाल इटहरी बस्नु हुने बसन्त राई र भोजपुर घर भै हाल अमेरिका बस्नु हुने युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका उपाध्यक्ष मुना राई, खोटांग घर भै हाल अमेरिका बस्नु हुने सुरेश चाम्लिङ्गको संयोजनमा राहत सामग्री तथा नगद रकम संकलन गरि वितरण गरिएको हो। उक्त राहत बितरण कार्यक्रमको सभापतित्व किरात राई यायोखा प्रारम्भिक कार्य समिति इटहरिको अधक्ष मान बाहादुर राइले गर्नु भएको थियो भने प्रमुख अतिथी किरात राई यायोखा सुनसरी जिल्ला अधक्ष कमला राई हुनु हुन्थ्यो । उक्त कार्यक्रमको आयोजक शिब बान्तवा र राज सुनुवार किरात हुनु हुन्थ्यो भने ब्यबस्थापन वि धराने ग्रुपका युवा हरुले गर्नु भएको थियो।कार्यक्रमको संयोजन बसन्त राइले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन माया राइले गर्नु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com