लस एन्जलसमा नेशनल गार्ड तैनाथ गर्न ट्रम्पलाई न्यायाधीशको रोक


प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

बिहीबार राति एक संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पलाई लस एन्जलसमा क्यालिफोर्निया नेशनल गार्डका सदस्यहरू तैनाथ गर्नबाट रोक लगाउने आदेश जारी गरेका छन् । साथै ट्रम्प प्रशासनलाई ती फौजहरूको नियन्त्रण गभर्नर ग्याभिन न्यूजमलाई फिर्ता गर्न निर्देशन दिएका छन् ।

जिल्ला न्यायाधीश चार्ल्स आर ब्रेयरको यो आदेश प्यासिफिक समय शुक्रबार दिउँसो १२ बजेबाट लागू हुनेछ । यो आदेशले अमेरिकी शहरका सडकहरूमा हजारौं सैनिक तैनाथ गर्ने राष्ट्रपति ट्रम्पको प्रयासलाई कडा झट्का दिएको छ। नेशनल गार्ड परिचालन गर्ने ट्रम्पको कदमले देशभर लगभग एक हप्तासम्म राजनीतिक विवाद र विरोध प्रदर्शनलाई बढावा दिएको छ।

ट्रम्पका कार्यहरू गैरकानूनी भएको तथा वैधानिक अधिकारको दायरा नाघ्ने र अमेरिकाको संविधानको दशौं संशोधनको उल्लंघन गर्ने ठहर न्यायाधीश ब्रेयर गरेका छन् । ट्रम्प प्रशासनले लस एन्जलसमा नेशनल गार्ड प्रयोग गर्नबाट रोक लगाउने र सेनाको नियन्त्रण गभर्नर गेभिन न्यूसमलाई फिर्ता गर्न लगाउने न्यायाधीशको आदेश विरुद्ध अपील गर्ने सूचना दायर गरेको छ।

यो फैसला क्यालिफोर्नियाका डेमोक्र्याटिक सिनेटरलाई संघीय एजेन्टहरूले समातेर हतकडी लगाएको तस्बिरले अर्को राजनीतिक विवाद निम्त्याएको केही घण्टापछि आएको हो। बिहीबार राति नेवार्कमा निजी रूपमा सञ्चालित अध्यागमन हिरासतमा पनि अशान्ति भड्किएको थियो । शिकागोमा ट्रम्प प्रशासनको आप्रवासन छापा र असहमति दबाउने प्रयासको विरोधमा सयौं मानिसहरूले शहरमा प्रदर्शन गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहीबार राति न्यायाधीशको फैसला आउनुअघि सेनाले शुक्रबार साँझसम्ममा लगभग ७०० मरीनहरू लस एन्जलसमा २,१०० नेशनल गार्डसँगै परिचालन गरिने अपेक्षा गरिएको बताएको थियो। सैन्य अपरेशनहरूको निरीक्षण गर्ने कमाण्डरले बुधबार मरीनहरू शहरको दक्षिणमा रहेको नौसेना अड्डामा रहेको बताएका थिए । न्यायाधीश ब्रेयरले मरीनहरूको प्रयोगको बारेमा कुनै निर्णय गरेका छैनन् । किनभने तिनीहरू अझै लस एन्जलसको सडकमा आइपुगेका छैनन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com