के हो मेमोरियल डे ? ‘ह्याप्पी मेमोरियल डे’ नभन्न सुझाव


प्रकाशित मिति : जेष्ठ १२, २०८२ सोमबार

USA flag in black boots lot

मेमोरियल डेलाई अमेरिकामा समरको अनौपचारिक सुरुवात र धेरैका लागि लामो सप्ताहन्तको रूपमा हेरिन्छ । तर यो दिनको अर्थ लामो सप्ताहन्तको रमाइलो, किनमेल र परेडमा मात्र सिमित छैन । यो दिनले अमेरिकाको रक्षा गर्न आफ्नो ज्यान गुमाउने सैनिक कर्मचारीहरूको सम्झना गर्दछ।

मेमोरियल डे प्रत्येक वर्ष मेको अन्तिम सोमबार मनाइन्छ । यो बर्ष मे २६ मा परेको छ । यद्यपी सन् १९७१ सम्म भने प्रत्येक बर्ष मे ३० मा मेमोरियल डे मनाउने गरिन्थ्यो । मेमोरियल डेलाई सुरुमा डेकोरेशन डे ​​भनिन्थ्यो भने सिभिल वारपछि १८६० को दशममा मनाउन सुरु गरिएको थियो ।

मेमोरियल डेको इतिहास लामो समयदेखिको शैक्षिक बहसको विषय विषय रहेको बताएका छन् । कैयन सिटीहरुले मेमोरियल डे बाटै छुट्टी दिन सुरु गरिएको दाबी समेत गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गृहयुद्धमा मात्र नभई कुनै पनि युद्धमा मारिएका अमेरिकी सैनिकहरूलाई सम्मान गर्न पहिलो विश्वयुद्धपछि बिदाको केन्द्रबिन्दु सारिएको थियो । भेटेरान्स डेले अमेरिकी सेनामा सेवा गरेका सबैलाई सम्मान गर्दछ भने मेमोरियल डे सेवामा शहीद भएका सेनालाई सम्मान गर्ने दिन हो ।

मेमोरियल डे शहीदको सम्झनाको लागि एक गम्भिर दिन भएकोले मानिसहरूलाई ‘ह्याप्पी मेमोरियल डे’ नभन्न सुझाव दिने गरिएको छ । साथै मेमोरियल डेमा सेवाकालागि जीवित व्यक्तिलाई धन्यवाद दिन उपयुक्त हुादैन किनकि यो बलिदान गर्नेहरूलाई सम्झने र सम्मान गर्ने दिन हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com