एमाले- माओवादी पार्टी एकता निश्चित, चुनाव चिन्ह सूर्य, ६० : ४० को भागवण्डा


प्रकाशित मिति : आश्विन १७, २०७४ मंगलबार

नयां संविधान जारी भएर एमाले माओवादी गठवन्धन सरकार बनेका बेला सुरु भएको दुई पार्टीबीचको एकताको प्रक्रियाले अन्ततः स्थानीय निर्वाचन सकिएर संसदको चुनाव हुने बेला सार्थकता पाउने भएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि माओवादीभित्र चरम छटपटी देखिएको थियो भने तेस्रो चरणको निर्वाचनले एमाले र माओवादी मिल्नुको विकल्प नरहेको निश्कर्षमा पुर्याएको थियो एमालेलाई ।

परिणामस्वरुप झण्डै एक वर्षदेखि चलेको सम्वाद र प्रयत्न तथा दशैंका बेला देश पर्वको पहेलीमा मस्त रहंदा एमाले र माओवादीका अध्यक्षहरुको म्याराथुन वार्ता र छलफलको परिणामस्वरुप दुई पार्टीको पार्टी एकता हुने निश्चित भएको समाचार स्रोतको दावी छ ।
उच्च राजनीतिक स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीच दुई पार्टी एकीकरण गर्ने विषयमा साझा दस्तावेजमा सहमति भइसकेको छ । सहमति अनुसार आगामी संसदीय र प्रदेश निर्वाचनामा दुवै पार्टी सूर्य चिन्हबाट, एमाले ६० प्रतिशत र माओवादी ४० प्रतिशत स्थानमा चुनाव लड्नेछन् ।

पार्टी एकतका लागि दुवै पार्टीबाट केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम रहेको सात सदस्यीय पार्टी एकता संयोजन समिति बनाइएको छ । यही समितिले पार्टी एकता तथा चुनावी भागवण्डासम्बन्धी सम्पूर्ण काम गर्ने छ ।

पार्टीेको नाम नेपाल कम्युनिस्ट पार्टी वा समाजवादी पार्टी राख्ने विषयमा छलफल चलिरहेको छ । उच्च राजनीतिक स्रोतका अनुसार पदीय जिम्मेवारीमा राष्टपति, पाटी अध्यक्ष, र प्रधानमन्त्रीमा ओली, नेपाल र प्रचण्डले एक मात्र पद लिनेछन् भने बांकी संगठनात्मका सन्तुलन ६० र ४० को आधारमा गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार माओवादी केन्द्रको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता र तालमेल बारे भएका प्रगति र छलफलको जानकारी गराएका थिए । स्रोतका अनुसार माओवादी बैठकमा गोपाल किरांतीले आफूले सूर्य चिन्हमा भोट हाल्न नसक्ने बताए भने प्रभु शाहले अरुचि देखाएका थिए । आकस्मिक सचिवालय बैठकले सर्वसम्मत रुपमा पार्टी एकता र तालमेलका लागि अध्यक्ष प्रचण्डलाई निर्णय गर्ने अधिकार दिएको छ ।
भारतीय राजदुत प्रचण्ड निवासमा

एमाले माओवादी एकता हुने समाचार सुन्ने वित्तिकै सोमाबार नै भारतीय राजदूत मन्जिवसिंह पुरीले माओवादी अध्यक्ष प्रचण्डलाई उनकै निवास पुगेर भेटेका थिए । भेटमा समासामयिक कुराकाकनीका अलवा पार्टी एकता बारेसमेत राजदूत पुरीले चासो राखेको प्रचण्डलको सचिवालय स्रोतले जानकारी दिएको छ । पुरीले अप्रत्यक्ष रुपमा एमालेसंग एकता भएमा प्रचण्डको स्वतन्त्र अस्तित्व गुम्ने चिन्ता जाहेर गरेको समाचार स्रोतको दावी छ ।

बाबुराम पनि संयोजन समितिमा

एमाले र माओवादीबीच पार्टी एकता हुने कुरालो एक वर्ष दुई वर्ष पहिले माओवादी छाडेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई खुशी भएका छन् । माओवादी स्रोतका अनुसार पार्टी एकता संयोजन समितिमा बाबुरामा भट्टराई पनि सहभागी हुन सहमत भएका छ । उच्च राजनीतिक स्रोतका अनुसार एमाले माओवादी एकतामा सामेल संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि उत्सुक देखिएका छन् । स्रोतका अनुसार यादब ओली र प्रचण्डसंगको सम्वादमा लागिरहेका छन् ।

देउवा तरंगित

एमाले माओवादी एकताले प्रधानमन्त्री तथा कांग्रेस सभापति तरंगित हुन पुगेका छन् । दुई पार्टी बीचको एकता हुने सुईंको पाएपछि देउवाले प्रचण्डलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका छन् । देउवाले प्रचण्डलाई तपाई किन यति चांडै हतारिनु भयो ? भन्ने प्रश्न गरेका थिए । जबाफमा प्रचण्डले यो कसैका विरुद्ध नभएर देशमा राजनीतिक स्थायित्वका लागि लोकतान्त्रिक र बामपन्थी गठवन्धन जरुरी रहेका ले आफुले पहल गरेको बताएका थिए । प्रचण्डले देउवालाई पनि तपार्ईले पनि प्रजातान्त्रिक गठवन्धन गर्न सुझाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com