न्युयोर्कको म्यानहटनमा झल्कियो नेपाल (विशेष फोटो फिचर)


प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार

“एक राष्ट्र, एक पहिचान – प्रवासमा पनि नेपाल” भन्ने मूल नाराका साथ आइतवार न्यूयोर्क सिटीको म्यानह्याटनस्थित ३८औं स्ट्रीट र म्याडिसन एभिन्यूमा “नेपाल डे परेड २०२५” को आयोजना गरियो । नेपाली समुदायका लागि मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका सामु नेपाली कला, संस्कृति, पहिचान र गौरवलाई प्रस्तुत गरिएको परेडमा अमेरिकी सिनेटर चक शुमर, न्युयोर्क सिटीका मेयर एरिक आडम्स, अमेरिकामा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, नेपालका स्थानीय जनप्रतिनिधिहरू तथा नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो ।

परेडको उद्घाटन सिनेटर चक शुमर र न्युयोर्क सिटीका मेयर एरिक आडम्सले गर्नुभएको थियो । एनआरएनए अमेरिकाको न्यूयोर्क च्याप्टरको आयोजनामा गरिएको परेडमा नेपाली कला संस्कृतिको प्रदर्शन गरिएको थियो । परेडकी कन्भेनर मनिता गुरुङ हुनुहुन्थ्यो भने परेड कार्यक्रममा नेपालका चर्चित कलाकारहरू दुर्गा गुरुङ, रामजी खाँड, स्टोरीटेलर साइग्रेस पोखरेल पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रम राष्ट्रसंघका लागि नेपाली नियोगका डेपुटी स्थायी प्रतिनिधि कौशल किशोर रायको प्रमुख आतिथ्यमा भएको हो । नेपाल डे परेड २०२५ का अध्यक्ष छिरिङ शेर्पा हुनुहुन्थ्यो ।

नेपाली अमेरिकन समुदायको सांस्कृतिक एकता, मौलिकता र राष्ट्रिय पहिचानलाई झल्काउने उद्देश्यसहित न्यूयोर्कमा आयोजना गरिएको यसपटकको नेपाल डे परेड २०२५ सबै समुदायको समावेशी सहभागिता, अनुशासन, र सांस्कृतिक विविधताका कारण झनै प्रभावकारी, सशक्त र सफल भएको नेपाल डे परेड २०२५ का सल्लाहकार तथा सरकारी निकाय सम्बन्ध समन्वयक अमित प्रताप शाहले बताउनुभयो । शाहले नै निर्वाचित अमेरिकी अधिकारीहरूलाई निमन्त्रणा गर्नुका साथै उदघाटन समारोह कार्यक्रम संचालन गर्नुभएको थियो ।

खसोखासका लागि फोटोपत्रकार राजन काफ्लेले कैद गर्नुभएका नेपाल डे परेडका तस्वीरहरू ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com