टेक्सासमा कार दुर्घटनामा परेका २४ वर्षीय विद्यार्थी रोनव सुवेदी गम्भीर घाइते, सहयोगको अपिल


प्रकाशित मिति : जेष्ठ ४, २०८२ आईतबार

अमेरिकाको टेक्सासमा भएको कार दुर्घटनामा परी २४ वर्षीय विद्यार्थी रोनव सुवेदी गम्भीर अवस्थामा उपचाररत छन्। अन्तर्राष्ट्रिय विद्यार्थी सुवेदी बुधबार राति डलासमा हाइवे आई-३० हुँदै घर फर्कने क्रममा कार दुर्घटनामा गम्भीर घाइते भएका हुन्। उनको हाल डलासको मेथोडिस्ट मेडिकल सेन्टरको न्यूरोसाइन्स विभागमा उपचार भइरहेको छ।

झन्डै दुई वर्षअघि सन् २०२२ को अगस्टमा अध्ययनका लागि अमेरिका आएका सुवेदी आफैँले कार चलाइरहेका थिए र उनी कारमा एक्लै थिए। उनले चलाएको कारभन्दा पछाडि उनका साथीहरूको कार पनि थियो। उनको कार हाइवेमा अनियन्त्रित भएपछि पछाडि साथीहरू चढेको कारसमेत ठोक्किएको थियो। तर पछाडिको कारको एयरब्याग खुलेका कारण सबै सुरक्षित रहे पनि रोनव चढेको कारको एयरब्याग नखुलेकाले उनी गम्भीर घाइते भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

रोनवले अहिले चिकित्सा र आर्थिक दुवै रूपमा अत्यन्तै कठिन परिस्थितिको सामना गरिरहेका छन् भने उनको अझै होस खुलेको छैन। उनको टाउकोमा गम्भीर चोट लागेको छ भने शरीरका धेरै स्थानमा फ्याक्चर भएको छ। उनको अवस्था अहिले स्थिर रहेको जनाइएको छ।

रोनव सुवेदी

शल्यक्रियापछि रोनवले लामो समयसम्म उपचार गर्नुपर्ने जनाइएको छ। एक अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा उनको धेरै सार्वजनिक सहायता कार्यक्रमहरूमा पहुँच नभएकाले अस्पतालको बिल, चिकित्सा उपचार र आधारभूत जीवनयापन खर्चको लागत अत्याधिक भएकाले गोफण्डमीमा सहयोग सङ्कलन अभियानसमेत सुरु गरिएको छ। पूजन सुवेदीले ९० हजार डलरको लक्ष्यसहित सुरु गरेको अभियानमा अहिलेसम्म १८ हजार ५ सय ३६ डलर सङ्कलन भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने कृपया यहाँ क्लिक गर्नुहोस्।

अमेरिका आएको झन्डै तीन महिनामा नै रोनवले आमा गुमाउनुपरेको थियो। नेपालमा सन् २०२२ को नोभेम्बरमा क्यान्सरबाट आमाको निधन भएको थियो। बुबा विश्वतारा सुवेदी अहिले छोराको हेरचाह र उपचारमा सहयोगका लागि अमेरिका आउन भिसा प्रक्रियामा रहेको जनाइएको छ।  लमजुङ पुख्यौली घर भएका रोनवका बुबा काठमाडौंको लोलाङमा बस्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com