इजरायली हमलामा हमासका सैन्य प्रमुख सिनवार मारिए


प्रकाशित मिति : जेष्ठ ४, २०८२ आईतबार

इजरायली हवाई आक्रमणमा हमासका सैन्य प्रमुख मुहम्मद सिनवार मारिएका छन । गत साता भएका इजरायली हवाई आक्रमणमा हमासका गाजाका डिफ्याक्टो सैन्य कमाण्डर मुहम्मद सिनवार मारिएको बताइएको छ।

आइतबार सार्वजनिक रिपोर्टहरूअनुसार उनको शव खान युनिसको एउटा सुरुङभित्र फेला परेको हो।

मुहम्मद सिनवार, अघिल्लो अक्टोबरमा इजरायली डिफेन्स फोर्स द्वारा मारिएका हमासका गाजास्थित पूर्व नेता याह्या सिनवारका कान्छा भाइ थिए।

परिवारका अन्य सदस्यहरू पनि मारिए

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हमासका अर्का वरिष्ठ सदस्य र सिनवारका अर्का दाजु जकारिया सिनवार पनि शनिबार राति इजरायली आक्रमणमा मारिएका हुन्।

उनी मध्य गाजाको नुसेरातमा आफ्ना तीन छोराछोरीसहित बसिरहेको पालमा भएको आक्रमणमा मारिएका थिए। जकारिया सिनवार गाजास्थित इस्लामिक विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत थिए।

सुरुङ लक्ष्य बनाइएको थियो

मुहम्मद सिनवारलाई लक्षित गरी मंगलबार गरिएको आक्रमण युरोपियन अस्पतालको तल रहेको भूमिगत कमाण्ड कम्प्लेक्समा केन्द्रित थियो । जहाँ उनी लुकेर बसेको विश्वास गरिएको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सो आक्रमणमा १६ जनाको मृत्यु र ७० भन्दा बढी घाइते भएको जनाएको थियो । यद्यपि मुहम्मद सिनवार त्यहाँ थिए कि थिएनन् भन्ने बारे तत्काल पुष्टि भएको थिएन।

शव फेला परेको दाबी

साउदी टेलिभिजन च्यानल अल हदाथका अनुसार मुहम्मद सिनवारको शव उनका १० सहयोगीहरूको अवशेषसँगै फेला परेको हो।
रिपोर्टले हमासको रफाह ब्रिगेडका कमाण्डर मोहम्मद शबानाको पनि आक्रमणमा मृत्यु भएको संकेत दिएको छ।

इजरायली प्रतिक्रिया

इजरायली रक्षा मन्त्री इस्राएल काट्जले आइतबार विदेशी मामिला तथा रक्षा समितिमा औपचारिक पुष्टि नभए पनि सबै संकेतहरू अनुसार मुहम्मद सिनवार मारिएका जानकारी दिएका छन्। यद्यपि इजरायलले सिनवार वा शबानाको मृत्युको औपचारिक पुष्टि गरेको छैन।

हमासभित्रको भूमिकाबारे

गत जुलाईमा हमासका शीर्ष सैन्य कमाण्डर मुहम्मद देइफको हत्या पछि मुहम्मद सिनवारले संगठनको सैन्य नेतृत्व सम्हालेका थिए। पछि उनका दाजु याह्या सिनवारको मृत्यु भएपछि उनी गाजामा हमासका डिफ्याक्टो नेता बनेका थिए।

इजरायली अधिकारीहरूले मुहम्मद सिनवारलाई बन्धक विमोचन वार्तामा कडा अडान लिने, र युद्धविराम प्रयासमा बाधकको रूपमा चित्रण गरेका छन्।

उनी लामो समयदेखि हमासमा सक्रिय थिए । १९९० को दशकमा इजरायलद्वारा नौ महिनाका लागि जेलमा राखिएका थिए। पछि उनी रामल्लाहको प्यालेस्टिनी प्राधिकरणको जेलमा तीन वर्ष थुनिएर २००० मा भागेका थिए।

सन् २००६ मा उनले इजरायली सैनिक गिलाद शालिट अपहरण गर्ने हमास सेलको नेतृत्व गरेका थिए। उनी हमासको खान युनिस ब्रिगेडका पूर्व कमाण्डर पनि थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com