अमेरिकाका लागि फिडेल क्यास्ट्रो भारी !


प्रकाशित मिति : भाद्र २६, २०७३ आईतबार

राष्ट्रपति गोर्भाच्योेभको शासनकालको सन् १९८० पछिका वर्षहरु राष्ट्रपति क्यास्ट्रोको तथाकथित क्युबाक्रान्तिका लागि खतरनाक साबित हुँदै गएको पाइन्छ । रुसको छत्रछायाँबाट विमुख भएपछिका दशकमा क्युबाको अस्तित्व आंशिक सङ्कटमा परेता पनि अमेरिकाले क्युबामाथि गिद्धे नजरले हेरेन ।

क्युबाका एकजना विद्वान तथा प्रतिष्ठित राजनीतिक विश्लेषक हेडेलबर्टो लोपेजको विचारमा अब क्युबामाथि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध हटाउन र दुई देशबीच व्यापार वाणिज्यको मार्ग प्रसस्त गर्न अब ह्वाइट हाउसले अमेरिकी काँग्रेसलाई दबाब दिनुपर्ने समेत बताएका छन् । राष्ट्रपति ओबामा क्युबामाथिको आर्थिक तथा राजनीतिक प्रतिवन्ध तत्काल हटाउने र व्यापारिकसम्बन्ध विस्तारको हकमा पनि अरू मुलुकसरह गर्ने विचारमा रहनु भएता पनि रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी संसद् भने यसमा हतार गरिहाल्नुपर्ने स्थितिमा नरहेको मत राख्दछ ।

अमेरिका र क्युबाबीच सम्बन्ध पुनःस्थापना भएको विषयवस्तुलाई अवलोकन गरी हेर्दा क्युबाली जनता सदैव अमेरिकी भ्रातृत्व र स्नेह पाउने अभिलाषामा रहेका तर विगतका क्युबाली कठोर शासकका व्यवहारका कारण अमेरिकाले क्युबालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्दा क्युबाली जनताको इच्छा पूरा हुन पाएको छैन ।सैनिक शासक तथा अत्यन्त कट्टरपन्थी फिडेल क्यास्ट्रोको बहिर्गमनपछि क्युबाका जनताले आफ्नो देशलाई अमेरिकासँग मित्रता गाँस्न स्वतन्त्र र उन्मुक्त भएको महसुस गरे । यद्यपि बहुसङ्ख्यक क्युबालीहरु अझै पनि क्यास्ट्रोलाई स्नेह र सम्मान प्रकट गर्छन् ।

खरो स्वभावका क्यास्ट्रोलाई अधिकांश क्युबाली राजनीतिक नेता वर्ग, विश्लेषक बर्ग तथा जागरुक र समझदार वर्गका जनताले भित्रभित्रै मन नपराए पनि वा यदा कदा क्यास्ट्रोले प्रदर्शन गरेका अमेरिका विरोधी अर्धबौलट्ठी गतिविधिहरु वा नपच्ने खालका भाषण देखेर, सुनेर मुर्मुरिएता पनि आफ्नो समयमा क्यास्ट्रो एक मात्र यस्तो अनौठो आकर्षण र जादूमय शक्ति भएका राजनेता थिए जसको नेतृत्व, चाहेर होस् वा नचाहेर अधिकांशलाई स्वीकार्य थियो ।
वास्तवमा क्युबामा क्यास्ट्रो समर्थक र विरोधी शक्तिबीच गहिरो आपसी द्वन्द्व चलिरहेको ज्ञात हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यहाँको गुप्तचर एजेन्सी संस्थाले दिएको सूचनामा अधारित भइ एकजना मन्त्रीले बताएअनुसार यी कट्टर अमेरिका विरोधी नेता सन् १९५९ मा सत्तामा आएपछि सन् २००८ मा अवकाश नलिउन्जेलसम्म दुस्मनले यिनका विरुद्ध विभिन्न थरी र कुनैकुनै त ज्यानै लिनेसम्मका छ सयभन्दा बढी खतरनाक र अनाँैठा षड्यन्त्र रचेका थिए । सिगार (चुरोट) पिउन सौखिन यिनलाई एकपटक त भित्र विस्फोटक पदार्थले भरिएको सिगार पिलाई मार्ने, अर्को पटक निदाएका बखत दाह्ी उखेलेर पनि मार्ने कोशीससम्म पनि गरिए ।

बहुसङ्ख्यक क्युबालीको मातृभाषा स्पेनिस करोडौँ अमेरिकी जनताको प्रिय भाषासँग मिल्दछ । भाषा मिलेपछि भेषभूषा, संस्कार र विचार स्वतः मिल्ने नै भयो । अमेरिकी भ्रातृत्व र स्नेहको चाहना राख्ने एक करोड भन्दाबढी क्युबाली जनताको सपना पूरा हुन क्यास्ट्रोले छाडेका छाप र प्रभावले रोक्न सक्दैन ।

चौवन्न वर्षदेखिको दुश्मनी जादूको छडी घुमाएजस्तै केही क्षणमै नष्ट हुन सक्दैन । यसले केही समय त अवश्य लिने नै छ । राष्ट्रपतीय निर्वाचनको सङ्घारमा रहेको अमेरिकी प्रशासनले क्युबाली अभिलाषा कतिको चाँडो पूरा गर्ने हो वा नवनिर्वाचित राष्ट्रपतिको विचार क्युबासँगको राष्ट्रिय सम्बन्धमाथि बदलिने हो वा थप सुदृढ पार्न सघाउ पुग्ने हो सो भने आगामी दिनले नै बताउने छन् ।(विभिन्न एजेन्सीको सहयोगमा -रासस)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com