अमेरिकी सर्वोच्च अदालतका पूर्व न्यायाधीश डेभिड साउटरको ८५ वर्षको उमेरमा निधन


प्रकाशित मिति : बैशाख २६, २०८२ शुक्रबार

अमेरिकी सर्वोच्च अदालतका पूर्व न्यायाधीश डेभिड साउटरको ८५ वर्षको उमेरमा निधन भएको छ। किताबी र एकान्तप्रिय स्वभावका साउटर, जसले १९ वर्षसम्म सर्वोच्च अदालतमा सेवा गरे । उनको बिहीबार न्यु ह्याम्पशायरस्थित आफ्नो घरमा शान्तिपूर्वक निधन भएको अदालतले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाएको छ।

साउटरलाई १९९० मा रिपब्लिकन राष्ट्रपति जर्ज एच.डब्ल्यू. बुशले सर्वोच्च अदालतका लागि नियुक्त गरेका थिए। उनलाई रूढिवादी ‘गुप्त उम्मेदवार’ को रूपमा हेरिएको थियो । तर, उनले उदारवादी न्यायाधीशको रूपमा आफूलाई स्थापित गरे। उनले १९९२ मा गर्भपतनको अधिकारलाई समर्थन गर्दै रो वी. वेड निर्णयलाई पुनः पुष्टि गरे र २००० को बुश वी. गोरे फैसलामा असहमति जनाए, जसले जर्ज डब्ल्यू.बुशलाई राष्ट्रपति बनायो।

‘न्यायाधीश डेभिड साउटरले हाम्रो अदालतमा लगभग बीस वर्षसम्म असाधारण बुद्धिमत्ता र दयालुतासहित सेवा गरे’, प्रधानन्यायाधीश जोन रोबर्ट्सले भने- ‘उनको अभावले हामीलाई गहिरो प्रभाव पार्नेछ।’

साउटरले २००९ मा ६९ वर्षको उमेरमा अवकाश लिएका थिए, जसले डेमोक्र्याटिक राष्ट्रपति बाराक ओबामालाई उनको स्थानमा नयाँ न्यायाधीश नियुक्त गर्ने अवसर प्रदान गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओबामाले साउटरलाई ‘निष्पक्ष र स्वतन्त्र न्यायाधीश’ को रूपमा प्रशंसा गर्दै भनेका थिए, ‘उनले कहिल्यै राजनीतिक एजेन्डालाई प्रवर्द्धन गरेनन्, बरु न्यायपूर्ण परिणाममा ध्यान केन्द्रित गरे।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com