भारत-पाकिस्तानबीचको तनावले आइपिएल अनिश्चितकालका लागि स्थगित


प्रकाशित मिति : बैशाख २६, २०८२ शुक्रबार

भारत र पाकिस्तानबीचको बढ्दो सीमा तनावका कारण भारतीय प्रिमियर लिग (आइपिएल) अनिश्चित कालका लागि स्थगित गरिएको छ । बिहीबार धर्मशालामा भएको खेल रद्द भएपछि क्रिकेट अधिकारीहरूले टी २० प्रतियोगिता स्थगित गर्ने निर्णय गरेका हुन् । धर्मशाला केही घण्टाअघि विस्फोट भएको जम्मू सहरबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा छ ।

पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सले एक्समा लेखेको छ, “प्रत्येक कदममा साहस । प्रत्येक धड्कनमा गर्व । हाम्रा सशस्त्र सेनाहरूलाई सलाम !”

यो खाताले सशस्त्र सेनाको तस्वीर ट्याग गरेको छ र यसमा लेखिएको छः ‘राष्ट्र पहिले । अन्य सबै कुरा पछि ।’

दश टोलीको आइपिएल मार्च २२ मा सुरु भएको थियो । आइपिएलमा विश्वभरका धेरै क्रिकेट स्टारहरू छन् र यो खेलको सबैभन्दा धनी प्रतियोगिता हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लखनऊ सुपर जायन्ट्सले शुक्रबार रोयल च्यालेन्जर्स बेङ्ग्लुरुसँग प्रतिस्पर्धा गर्ने तालिका थियो ।

फाइनल मे २५ मा कोलकाताको इडेन गार्डेनमा हुने तालिका थियो र यसले सामान्यतया विश्वभरको ठूलो टेलिभिजन दर्शक सङ्ख्या आकर्षित गर्दछ ।

विदेशी स्टारहरू मध्ये अस्ट्रेलियाका प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड, ट्राभिस हेड र मिच मार्श छन् भने पूर्व कप्तान रिकी पोन्टिङले पञ्जाबलाई प्रशिक्षण दिइरहेका छन् ।

क्रिकेट अस्ट्रेलियाले स्थगन समाचारअघि शुक्रबार एक वक्तव्यमा भनेको छ, “हामी पाकिस्तान र भारतमा स्थितिको नजिकबाट निगरानी गरिरहेका छौँ । हाल उक्त क्षेत्रमा रहेका हाम्रा खेलाडी र सहयोगी कर्मचारीहरूसँग सञ्चार कायम गरिरहेका छौँ ।”

पाकिस्तान क्रिकेटले पहिले नै आफ्नो टी २० लिगका बाँकी खेलहरू खेलाडी सुरक्षाका कारण संयुक्त अरब इमिरेट्समा सार्ने निर्णय गरिसकेको छ ।

भारत र पाकिस्तानले सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि काश्मीरमाथि आफ्ना तीन पूर्ण युद्धमध्ये दुई लडेका छन् । काश्मीर एक विवादित क्षेत्र हो । काश्मीरमाथि दुवै देशले पूर्ण दाबी गर्छन् तर छुट्टाछुट्टै भागहरू प्रशासन गर्दछन् ।

नयाँदिल्लीले दुई हप्ताअघि भारत–नियन्त्रित काश्मीरमा भएको घातक आक्रमणको बदलामा बुधबार बिहान मिसाइल प्रहार गरेको थियो । उक्त आक्रमणका लागि भारतले पाकिस्तानलाई दोष लगाएको छ ।

इस्लामाबादले कुनै पनि संलग्नता अस्वीकार गरेको छ ।

दक्षिण एसियाली यी दुई छिमेकीबीच दशकौँको सबैभन्दा खराब हिंसामा बुधबारदेखि सीमाका दुवैतर्फ कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com