अमेरिकामा २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग


प्रकाशित मिति : बैशाख १८, २०८२ बिहीबार

अमेरिकाको नर्थ क्यारोलिना निवासी २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग लगाइएको छ। हिंसात्मक अनलाइन सञ्जाल सञ्चालन गरेको अभियोगमा उनलाई पक्राउ परेपछि अहिलेसम्मकै सबैभन्दा जघन्य अनलाइन बाल शोषण उद्यमहरूमध्ये एक सञ्चालन गरेको अभियोग लगाइएको हो।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले विज्ञप्ति जारी गर्दै ‘टिप्पी’ उपनामले चिनिने २० वर्षीय प्रसान नेपाललाई पक्राउ गरेको उल्लेख गरेको छ। नेपालसँगै २१ वर्षीय लियोनिडास वारागियानिसलाई पनि पक्राउ गरिएको छ। उनीहरूविरुद्धको अभियोग प्रमाणित भएमा उनीहरूले आफ्नो बाँकी जीवन जेलमा बिताउने डिपार्टमेन्ट अफ जस्टिसको वक्तव्यमा उल्लेख छ।

उनीहरूले अनलाइनमा कमजोर बालबालिकाहरूलाई लक्षित गर्दै उनीहरूलाई उक्साएर र धम्क्याएर अश्लील सामग्रीहरू उत्पादन गर्न बाध्य पारेको अभियोग लगाइएको छ। केही सामग्री १३ वर्षमुनिका बालबालिकाहरूको समेत रहेको जनाइएको छ। उनीहरूले कम्तीमा ८ नाबालिगको शोषण गरेको अभियोग लगाइएको छ।

यस मुद्दामा लगाइएका आरोपहरू विचलित पार्ने मात्र नभई हरेक अभिभावकको लागि दुःस्वप्न समेत रहेको डिस्ट्रिक्ट अफ कोलम्बियाका युएस एटोर्नी एडवर्ड आर मार्टिन जुनियरले समाचार विज्ञप्तिमा बताएका छन्। उनीहरूले शोषण गरिएका भनिएका पीडितहरूको संख्या र भ्रष्टताको गहिराइ अचम्मलाग्दो रहेको उनको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘७६४’ भनेर चिनिने यो सञ्जालले कमजोर नाबालिगहरूको शोषणमार्फत सभ्य समाजलाई नष्ट गर्न खोजेको र यसका गतिविधिहरू २०२० को अन्त्यदेखि यस वर्षको सुरुसम्म भएको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ। नेपालले ७६४ भित्र एउटा मुख्य उपसमूहको नेतृत्व गरेका थिए जुन इन्क्रिप्टेड मेसेजिङ एपहरू मार्फत सञ्चालन गरिएको थियो। उनीहरूले बाल यौन दुर्व्यवहार सामग्रीको उत्पादन र वितरणमा निर्देशन दिएको र त्यसमा भाग लिएको आरोप छ।

उनीहरूले बालबालिकाको शोषण गर्न अरूलाई भर्ती गरेको र घिनलाग्दो अनलाइन सामग्रीको लागि एक गाइड सिर्जना गरेको आरोप रहेको एफबीआई निर्देशक काश पटेलले समाचार विज्ञप्तिमा बताएका छन्। नेपाललाई गत हप्ता नर्थ क्यारोलिनामा पक्राउ गरिएको थियो।

मंगलबार अदालतमा नेपालले ७६४ नेटवर्क सिर्जना गरेको र अझै पनि नेटवर्क नियन्त्रण गरिरहेको स्वीकार गरेका थिए। नेपालको परिवार पनि अदालतमा उपस्थित थियो जसमा उनका आमा, बुबा, एक दिदी र कान्छो भाइ थिए। उनकी दिदीले नेपाल ७६४ नेटवर्कमा संलग्न भएको आफूहरूलाई थाहा नभएको बताएकी थिइन्। मुद्दा नर्थ क्यारोलिनाबाट वासिङ्टन डिसीमा स्थानान्तरण गरिएको थियो।

यदि नेपाललाई आरोप लगाइएको अपराधमा दोषी ठहर गरियो भने उनले अधिकतम आजीवन कारावासको सामना गर्नुपर्नेछ। महान्यायाधिवक्ता पामेला बोन्डीले नेपालविरुद्धका अभियोग सबैभन्दा जघन्य अनलाइन बाल शोषण उद्यमहरूमध्ये एक रहेको उल्लेख गर्दै बालबालिकाको शोषण र दुर्व्यवहार गर्नेहरूलाई फेला पार्ने, उनीहरूविरुद्ध मुद्दा चलाउने र उनीहरूको सञ्चालनको हरेक भागलाई ध्वस्त पार्ने बताएकी छिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com