डीआर कंगोमा युद्ध रोक्ने सरकार र विद्रोहीबीच सहमति


प्रकाशित मिति : बैशाख ११, २०८२ बिहीबार

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो ) र रुवान्डाले समर्थन गरेका भनिएका एम २३ विद्रोही समूहले देशको पूर्वी क्षेत्रमा जारी संघर्षलाई रोक्ने सहमति गरेका छन् ।

यो सहमति कतारको मध्यस्थतामा जारी शान्तिवार्ताको निष्कर्ष निस्किएसम्म लागू हुने बताइएको छ।

सन् २०२४ को जनवरीयता ७ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको बताइएको यो द्वन्द्वका क्रममा यो पछिल्लो युद्धविरामको प्रयास हो । विद्रोहीहरूद्वारा पूर्वी कंगोमा आक्रमण तीव्र भएपछि सहमति खोजिएको हो ।

दुबै पक्षले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै खुला र रचनात्मक वार्ताका आधारमा शान्ति प्रक्रियामा अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत महिना कतारको राजधानी दोहामा भएको आकस्मिक बैठकमा कंगोका राष्ट्रपति फेलिक्स चिसेकेदी र रुवाण्डाका राष्ट्रपति पाउल कागामेले पनि निःशर्त युद्धविराम मा प्रतिबद्धता जनाएका थिए।

तर जनवरीदेखि एम २३ विद्रोहीहरूले गोमा र बुकावु जस्ता पूर्वी कंगोका दुई ठूला सहर कब्जा गरेपछि द्वन्द्वले भयावह रूप लिएको छ । यसले क्षेत्रीय युद्धको सम्भावना समेत बढाएको छ ।

कंगोले रुवाण्डामाथि एम २३ लाई हतियार आपूर्ति गरेको र प्रत्यक्ष रूपमा सेनासहित समर्थन गरिरहेको आरोप लगाउँदै आएको छ । यद्यपि संयुक्त राष्ट्रसंघ र अमेरिकाले पनि यस्ता आरोप पुष्टि गरेपनि रुवाण्डाले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

रुवाण्डाले कंगोको सेनासँगको संघर्षमा आत्मरक्षाका लागि मात्र कार्य गरिरहेको दावी गरेको छ । कंगोका केही मिलिशियाहरू १९९४ को रुवाण्डा नरसंहारसँग सम्बन्धित रहेको दाबी समेत उसले गरेको छ ।

कंगोले रुवाण्डामाथि पूर्वी क्षेत्रमा अवैध रूपमा खनिज सम्पदाको दोहन गर्ने गरेको आरोप पनि लगाएको छ । रुवाण्डाले आरोपलाई अस्वीकार गरेको छ।

एम २३ र कंगो सरकारद्वारा छुट्टाछुट्टै सार्वजनिक गरिएको विज्ञप्तिमा आपसी सहमतिअनुसार दुबै पक्षले तत्काल युद्धविराम लागू गर्ने, घृणास्पद भाषण तथा डर त्रास फैलाउने कार्यको पूर्ण अस्वीकार गर्ने, र स्थानीय समुदायलाई पनि यस्ता प्रतिबद्धता पालना गर्न आह्वान गर्ने निर्णय गरेका छन् ।

यो वक्तव्य कंगोको राष्ट्रिय टेलिभिजनमार्फत सार्वजनिक गरिएको थियो । एम २३ प्रवक्ता लोरेन्स कान्युकाले पनि एक्स मा पोस्ट गरेका थिए । युद्धविराम वार्ता सकिएसम्म लागू हुनेछ भनिएको छ ।

स्रोतहरूका अनुसार प्राविधिक समस्याहरूका कारण वार्ता लगभग असफल हुने अवस्थामा पुगेको थियो ।

यसअघि सन् २०२१ यता धेरै युद्धविराम घोषणा भए पनि ती लामो समयसम्म टिक्न सकेका छैनन् । यसपटकको सहमति पनि कति समयसम्म कायम रहन्छ भन्ने निश्चित छैन ।

गत महिना एम २३ ले अंगोलामा आयोजना गरिएको शान्तिवार्तामा सहभागी हुन अस्वीकार गरेपछि कतारले दुबै पक्षलाई वार्ताका लागि समेटेको हो।

कंगो सरकारले लामो समयसम्म एम २३ सँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्दै आएको थियो । एम २३ लाई उसले आतङ्ककारी समूह घोषित गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com