अमेरिकामा विमान चढ्न मे ७ बाट रियल आईडी चाहिने, रियल आईडी नहुनेले के गर्ने?


प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले रियल आईडीको प्रावधान सन् २०२५ को मे ७ बाट पूर्णरुपमा लागु गर्ने  भएको छ ।  अमेरिकी यात्रुहरूको लागि आन्तरिक उडानहरू गर्न र संघीय भवनहरुमा प्रवेश गर्न  ड्राइभर लाइसेन्स वा स्टेट आईडी अद्यावधिक गर्नुपर्ने अवधि अब १  महिनाभन्दा कम छ ।

टीएसएले अन्तिम नियम प्रकाशित गर्दै रियल आईडीको प्रावधान मे ७ बाटै लागु हुने र अब अबधि थप नगरिने प्रष्ट पारेको थियो ।  २०२५ को मे ७ पछि  अमेरिकामा विमान चढ्न वा संघीय भवनहरुमा प्रवेश गर्नका लागि स्टारसहितको रियल आईडी आवश्यक पर्नेछ ।

सन् २००५ को मे ११ मा तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यु बुसले हस्ताक्षर गरेको रियल आईडी ऐन सुरुमा २००८ देखि पूर्णरुपमा लागु गर्ने योजना बनाइएको थियो । तर त्यसपछि डेडलाइन कैयनपटक विस्तार गरिएको थियो ।  पछिल्लोपटक कोरोना महामारीको कारण देखाउदै डेडलाइन विस्तार गरिएको थियो ।

रियल आईडी ऐन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाको प्रतिक्रियामा पारित गरिएको थियो। राज्यका परिचयपत्र संघीय सरकारले स्वीकार गर्नका लागि राज्यले जारी गरेको ड्राइभर लाइसेन्स र स्टेट आईडीका लागि राज्यहरूले समान मापदण्डहरू अपनाउन र लागू गर्न आवश्यक हुन्छ । यी उपायहरू पहिचान जालसाजी र आतंकवादलाई कम गर्ने उद्देश्यले गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही राज्यहरूले रियल आईडी वर्षौंदेखि जारी गर्दै आएका छन्, यसको मतलब यदि तपाईंले आफ्नो इजाजतपत्र पाउनुभयो, वा हालसालै नवीकरण गर्नुभयो भने, यो सम्भवतः रियल आईडी हुनसक्छ । रियल आईडी भएन नभएको थाहा पाउन तपाईले आफ्नो आईडीमा स्टार भए नभएको हेनुपर्छ । न्युयोर्कमा अमेरिकी नागरिकलाई अमेरिकाको झण्डा भएको आईडी समेत जारी गरिन्छ ।

कतिपय राज्यमा यस्तो आईडीमा सुनौलो त कतिपय राज्यमा कालो स्टार अंकित गरिएको छ । हवाई, ओहायो, टेनिसी र युटाहको आइडीमा भने तारा अंकित छैन ।

तारासहितको वास्तविक आईडी लिनका लागि तपाई जन्मदर्ता प्रमाण वा पासपोर्ट जस्ता कागजातसहित भौतिक रुपमा नै डीएमभी अफिस जानुपर्ने हुन्छ । त्यसका लागि तपाईले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिनुहोला । अप्वाइन्टमेन्ट लिइसकेपछि उक्तदिन जाँदा अमेरिकी जन्मदर्ता वा अमेरिकी पासपोर्ट वा वर्क परमिट वा ग्रिनकार्ड वा आई ९४ स्वीकृति सहितको विदेशी पासपोर्ट लैजानुपर्छ ।

त्यस्तै सोसल सेक्युरिटी कार्ड वा डब्लु टु वा सोसल सेक्युरिटी नम्बर उल्लेख भएको पे स्टब पनि साथमा लैजानुहोला । आफ्नो निवासको ठेगानाको प्रमाण पुग्ने बिल वा अन्य त्यस्तै कागजात पनि तपाईसँग हुन आवश्यक छ ।

सबै कागजातसहित डीएमभी कार्यालयमा पुगेपछि तपाईले उपयुक्त शुल्क तिरेर वास्तविक आईडीका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि तपाईले स्टार अंकित वास्तविक आईडी प्राप्त गर्नुहुनेछ । जुन संघीय भवनहरुमा प्रवेश गर्न वा जहाजमा यात्रा गर्नका लागि स्वीकार गरिनेछ ।

रियल आईडी नहुने वा नबनाउनेहरुले अन्य प्रकारका कागजातका आधारमा समेत विमान चढ्न सक्छन् । अमेरिकी पासपोर्ट, अमेरिकी पासपोर्ट कार्ड, ग्लोबल एन्ट्री, नेक्सस, सेन्ट्री, फास्टजस्ता ट्रस्टेड ट्राभलर कार्डहरू, अमेरिकी रक्षा मन्त्रालयबाट जारी आईडी, ग्रिनकार्ड, बोर्डर क्रसिङ कार्ड, संघीय मान्यता प्राप्त आदिवासी कार्डहरू, विदेशी सरकारद्वारा जारी पासपोर्ट, क्यानाडाली प्रान्तीय चालक लाइसेन्स, यातायात कार्यकर्ता पहिचान प्रमाण पत्र, अमेरिकी वर्क परमिट लगायतका कार्डहरु आन्तरिक उडानका लागि परिचयपत्रका रुपमा स्वीकार गरिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com