अमेरिकी दूत विटकोफ र पुटिनबीच ४ घण्टा वार्ता, बैठक उपलब्धिमूलक भएको रुसी प्रतिकृया


प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार

Russian President Vladimir Putin gestures during his interview with Russian journalist Pavel Zarubin at the Novo-Ogaryovo state residence outside Moscow, Russia, Monday, Feb. 24, 2025. (Mikhail Metzel, Sputnik, Kremlin Pool Photo via AP)

अमेरिकी विशेष दूत स्टिभ विटकोफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । शुक्रबार रुसको सेन्ट पिटर्सबर्गमा यो भेट भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनलाई युक्रेनमा युद्धविरामको लागि छिटो अगाडि बढ्न आग्रह गरेका थिए।

रुसले यो बैठक चार घण्टाभन्दा बढी चलेको बताएको छ । बैठक युक्रेनी समाधानका आयामहरूमा केन्द्रित भएको जनाएको छ । यो वर्ष विटकोफ र पुटिनबीच भएको तेस्रो भेट हो । विशेष दूत किरिल डिमिट्रिएभले वार्ता सकारात्मक भएको बताएका छन्।

ट्रम्पले युद्धको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमा रुसले अब केही गर्नुपर्छ। धेरै मानिस मर्न थालेका छन् , हप्तामा हजारौं , यो अत्यन्तै भयानक र निरर्थक युद्ध हो ”भनेर लेखेका छन ।

युक्रेनका लागि ट्रम्पका विशेष दूत कीथ केलॉगले युक्रेनलाई पूर्व र पश्चिममा विभाजन गर्ने योजना प्रस्ताव गरेको भन्ने आरोपलाई अस्वीकार गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केलॉगले बेलायती र फ्रेन्च सेनालाई युक्रेनको पश्चिमी भागमा आश्वासन बल का रूपमा राख्न सुझाव दिएको भन्ने बाहिर विवरण आएका थिए ।

तर केलॉगले सामाजिक सञ्जालमा लेख्दै भने, “म युद्धविरामपछिको युक्रेनको सम्प्रभुतालाई समर्थन गर्ने लचिलो सुरक्षा बलको कुरा गरिरहेको थिएँ । म युक्रेनको विभाजनको कुरा गर्दै थिएँ भन्ने गलत व्याख्या गरिएको हो ” उनले प्रष्ट पारेका छन ।

शुक्रबार युरोपेली राष्ट्रहरूले युक्रेनलाई २१ बिलियन यूरो सैन्य सहायता दिने घोषणा गरेका छन् । युरोपेली रक्षा मन्त्रीहरूले युद्ध अन्त्यको कुनै संकेत नदेखिएको बताएका छन् ।

आफनो दोस्रो कार्यकाल सुरु भएपछि रुस र युक्रेनबीचको युद्ध तत्काल समाधान गर्ने चुनावी बाचा गरेका ट्रम्पका लागि रुसको आनाकानीले चिन्ता बढाइरहेको छ । युक्रेन युद्धविरामको लागि तयार छ ।

तर रुसले आफूमाथि लगाइएका प्रतिबन्ध पहिला हटाउनु पर्ने शर्त अगाडि सारिरहेको छ । यसले गर्दा दुबै देशबीचमा अमेरिकी अग्रसरतामा भएको सामूद्री युद्धविराम पनि लागू हुन सकिरहेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com