अमेरिकी दूत विटकोफ र पुटिनबीच ४ घण्टा वार्ता, बैठक उपलब्धिमूलक भएको रुसी प्रतिकृया


प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार

Russian President Vladimir Putin gestures during his interview with Russian journalist Pavel Zarubin at the Novo-Ogaryovo state residence outside Moscow, Russia, Monday, Feb. 24, 2025. (Mikhail Metzel, Sputnik, Kremlin Pool Photo via AP)

अमेरिकी विशेष दूत स्टिभ विटकोफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । शुक्रबार रुसको सेन्ट पिटर्सबर्गमा यो भेट भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनलाई युक्रेनमा युद्धविरामको लागि छिटो अगाडि बढ्न आग्रह गरेका थिए।

रुसले यो बैठक चार घण्टाभन्दा बढी चलेको बताएको छ । बैठक युक्रेनी समाधानका आयामहरूमा केन्द्रित भएको जनाएको छ । यो वर्ष विटकोफ र पुटिनबीच भएको तेस्रो भेट हो । विशेष दूत किरिल डिमिट्रिएभले वार्ता सकारात्मक भएको बताएका छन्।

ट्रम्पले युद्धको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमा रुसले अब केही गर्नुपर्छ। धेरै मानिस मर्न थालेका छन् , हप्तामा हजारौं , यो अत्यन्तै भयानक र निरर्थक युद्ध हो ”भनेर लेखेका छन ।

युक्रेनका लागि ट्रम्पका विशेष दूत कीथ केलॉगले युक्रेनलाई पूर्व र पश्चिममा विभाजन गर्ने योजना प्रस्ताव गरेको भन्ने आरोपलाई अस्वीकार गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केलॉगले बेलायती र फ्रेन्च सेनालाई युक्रेनको पश्चिमी भागमा आश्वासन बल का रूपमा राख्न सुझाव दिएको भन्ने बाहिर विवरण आएका थिए ।

तर केलॉगले सामाजिक सञ्जालमा लेख्दै भने, “म युद्धविरामपछिको युक्रेनको सम्प्रभुतालाई समर्थन गर्ने लचिलो सुरक्षा बलको कुरा गरिरहेको थिएँ । म युक्रेनको विभाजनको कुरा गर्दै थिएँ भन्ने गलत व्याख्या गरिएको हो ” उनले प्रष्ट पारेका छन ।

शुक्रबार युरोपेली राष्ट्रहरूले युक्रेनलाई २१ बिलियन यूरो सैन्य सहायता दिने घोषणा गरेका छन् । युरोपेली रक्षा मन्त्रीहरूले युद्ध अन्त्यको कुनै संकेत नदेखिएको बताएका छन् ।

आफनो दोस्रो कार्यकाल सुरु भएपछि रुस र युक्रेनबीचको युद्ध तत्काल समाधान गर्ने चुनावी बाचा गरेका ट्रम्पका लागि रुसको आनाकानीले चिन्ता बढाइरहेको छ । युक्रेन युद्धविरामको लागि तयार छ ।

तर रुसले आफूमाथि लगाइएका प्रतिबन्ध पहिला हटाउनु पर्ने शर्त अगाडि सारिरहेको छ । यसले गर्दा दुबै देशबीचमा अमेरिकी अग्रसरतामा भएको सामूद्री युद्धविराम पनि लागू हुन सकिरहेको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com