शनिबार ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्शको वार्षिकोत्सव/अन्तरक्रिया जेएफके मेरियटमा


प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार

ग्रेटर न्युयोर्क  नेपाली चेम्बर अफ कमर्शले पहिलो वार्षिकोत्सव मनाउन आगामी अप्रिल १२ तारिख, शनिबार, न्युयोर्कको जेएफके मेरियट होटलमा विशेष कार्यक्रमको आयोजना गरेको छ। शनिबार बेलुका विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाउने तयारी लगभग पूरा भएको चेम्बरका अध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिएका छन्।

नेपालबाट अमेरिका आएर विभिन्न पेशा–व्यवसायमा संलग्न नेपालीहरूलाई समेटेर उनीहरूको व्यवसाय वृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको चेम्बरले पहिलो वार्षिकोत्सव र नयाँ वर्ष एकै साथ मनाउन लागेको हो। अहिलेसम्म झण्डै १ सय नेपाली व्यवसायीले सहभागिताका लागि दर्ता गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले भने, “नेपाली व्यवसायीहरूलाई ग्राहक, लगानीकर्ता र साझेदारहरूसँग जोड्ने उद्देश्यले स्थापना भएको चेम्बरले गत एक वर्षको अवधिमा वित्त, मार्केटिङ, कानुनी जानकारीलगायत विषयमा विभिन्न कार्यशाला आयोजना गर्न सफल भएको छ। सदस्यहरूलाई ऋण र अनुदानका लागि लगानीकर्तासँग पनि जोड्ने प्रयास गरिरहेका छौं। नेपाली व्यवसायहरूको हितका लागि सिटीसँग सहकार्य गर्दै विभिन्न सेवा–सुविधा सदस्यहरू र समुदायसम्म पुर्‍याउने लक्ष्यसहित सामूहिक लगानीको वातावरण तयार पार्ने दिशामा अघि बढिरहेका छौं।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चेम्बर स्थापना भएपछि आन्तरिक व्यवस्थापनलाई सुदृढ गर्दै सदस्य विस्तारमा पनि सफल भएको अध्यक्ष श्रेष्ठले उल्लेख गरे। नयाँ वर्षको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजको समेत आयोजना गरिएको जानकारी दिंदै उनले चेम्बरका सदस्य, नेपाली व्यवसायी तथा शुभचिन्तकहरूलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन्।

कार्यक्रममा सहभागी हुन दर्ताका लागि अप्रिल १० सम्म यो लिंकमा क्लिक गर्नुहोस्।

वार्षिकोत्सवको औपचारिक कार्यक्रम सुरु हुनु अघि दिउँसो साढे ४ बजेदेखि न्युयोर्क सिटी स्मल बिजनेस सर्भिसेसकी कमिश्नर डाइनिसल ग्रस, न्युयोर्क राज्य संसदका एसेम्ब्ली मेम्बर स्टीफन रागा, चेम्बरका कानुनी सल्लाहकार वासु फुलारा, र चेम्बरका प्रतिनिधिहरूसँग विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। खसोखासको सहकार्यमा सञ्चालन हुने उक्त अन्तरक्रिया कार्यक्रममा सबैलाई सहभागी हुन अनुरोध गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com