नशामा ३ बच्चासहितको गाडी उल्टो दिशामा चलाएर दुर्घटना गराउने समिर शर्माविरुद्ध ५ अभियोग


प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

अमेरिकाको नेब्रास्कामा रक्सीले मातेर ३ बच्चासहितको गाडी उल्टो दिशामा चलाउँदा दुर्घटना गराउने समिर शर्माविरुद्ध ५ अभियोग लगाइएको छ । शर्मामाथि मादक पदार्थ सेवन गरी सवारी चलाएको एक, १६ वर्ष मुनिकाका बालबालिका सवारीमा राखेर मादक पदार्थ सेवन गरी सवारी चलाएको तीन र सवारी उल्टो दिशामा असुरक्षित रूपमा चलाएको एक गरी ४ अभियोग लागेको छ।

मार्च २७ तारिखको दिउँसो ३ बजेर ३९ मिनेटमा डग्लस काउन्टीका प्रहरीले नर्थ एचडब्ल्यूएस क्लीभल्यान्ड बुलेभार्ड र ग्रेब स्ट्रिट नजिकको सडक दुर्घटनाबारे जानकारी प्राप्त गरेका थिए । प्रहरीहरु घटनास्थलमा पुग्दा हन्डा सिआर–भी सवारीको पछाडिको भागमा क्षति पुगेको देखिएको थियो भने अनुसन्धानका क्रममा उक्त सवारी लामो दूरीसम्म उल्टो दिशामा चलेको, घाँसको मेडियनमा पसेको र साना बगैंचाका रुखहरूमा ठोक्किएको पुष्टि भएको थियो ।

सवारी चालक ४७ वर्षीय समिर शर्मा रहेको प्रहरीले जनाएको छ। शर्माको लुगा भित्र भोड्काको बोतल फेला परेको थियो भने मादक पदार्थ सेवन गरेका विभिन्न लक्षणहरू देखिएका थिए। दुर्घटनाको समयमा सवारीमा तीन जना १० वर्ष मुनिकाका बालबालिका समेत सवार रहेका थिए। भाग्यवश बालबालिकाहरूलाई कुनै चोटपटक लागेको थिएन।

सामान्य चोटका लागि अस्पतालमा उपचार गरिसकेपछि शर्मालाई डग्लस काउन्टी करेक्सनमा हिराशतमा राखिएको थियो । उनलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको, नशामा बालबालिका ओसारेको तीनवटा आरोप र असुरक्षित रूपमा उल्टो सवारी चलाएको आरोपमा पक्राउ गरिएको थियो । उनी एशियाली पुरुष रहेको बताइएको छ भने उनको उचाइ ५ फिट ११ इन्च र तौल २२० पाउण्ड रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शर्मालाई २०२५ मार्च २७ तारिख राति ११ बनेर २९ मिनेटमा पक्राउ गरिएको थियो। दुई दिनसम्म थुनामा राखेपछि २०२५ मार्च २८ तारिख राति ९ बजेर ५८ मिनेटमा रिहा गरिएको थियो । शर्मालाई १७ हजार डलर धरौटी तोकेर रिहा गरिएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com