फ्लोरिडामा भएको उपचुनावमा रिपब्लिकनको सीट सुरक्षित


प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

Two buttons with the words vote and the american flag

अमेरिकाको फ्लोरिडामा भएको उपचुनावमा रिपब्लिकन उम्मेदवार विजयी भएका छन ।

डेमोक्र्याट्स उम्मेदवार जोश वाइललाई हराउदै रिपब्लिकन र्यान्डी फाइन संसदमा निर्वाचित भएका हुन । अमेरिका राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्ज चयन भएपछि उक्त सीट रिक्त रहेको थियो ।

यो नतिजाले डेमोक्र्याटहरूको आशालाई तोडिदिएको छ । यस क्षेत्रलाई ट्रम्पले ३० प्रतिशत मतले जितेका थिए । यो नतिजालाई उल्टाउनका लागि डेमोक्रयाट्सहरुले ठुलो प्रयास गरेका थिए ।

फाइनको विजयको अन्तर लगभग १४ प्रतिशतको रहेको छ । आगामी वर्षको राष्ट्रिय मध्यावधि कंग्रेस चुनावहरूमा रिपब्लिकनहरू लाई समस्या पर्न सक्ने आँकलन गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वाल्ट्जले यो सीट नोभेम्बर महिनामा ३० प्रतिशत भन्दा बढीको अन्तरमा जितेका थिए । अहिले भने फाइनले वाइलसँगको प्रतिस्पर्धामा लगभग १४ प्रतिशतको मात्रै अग्रता कायम गरेका छन ।

डेमोक्र्याट वाइल गाजा समर्थक हुन । उनले फाइनको एंटी प्यालेस्टाइन दृष्टिकोणसँग असहमति जनाएका थिए । उनले अभियानको लागि १२ मिलियन डलर भन्दा बढी चन्दा उठाएका थिए ।

फाइनको विपक्षीले लगभग १ मिलियन डलर मात्र उठाएका थिए । यो वित्तीय भिन्नता र चुनावको पोलले यस प्रतिस्पर्धालाई राष्ट्रिय ध्यानमा पुराएको थियो ।

रिपब्लिकनहरूले अन्य फ्लोरिडाका विशेष चुनावमा पनि विजय प्राप्त गरेका छन । रिपब्लिकनहरूले मंगलवारको नतिजासँगै प्रतिनिधि सभामा सानो बहुमत कायम राखेका छन् ।

तर यसले आगामी वर्षको चुनावमा स्थिर बहुमतको रूपमा काम गर्ने देखिन्छ । ट्रम्पको कानूनी कार्यक्रमलाई अघि बढाउनका लागि यो बहुमतले सहयोग पुराउन सक्ने देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com