थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी


प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार

(250329) — KUNMING, March 29, 2025 (Xinhua) — This photo shows emergency relief supplies at the Kunming Changshui international airport in Kunming, southwest China’s Yunnan Province, March 29, 2025. A rescue team from southwest China’s Yunnan Province left for Myanmar on Saturday morning, after a massive earthquake jolted the Southeast Asian country on Friday. The team, consisting of 37 members carrying emergency relief supplies such as life detectors, earthquake early warning systems and drones, departed from the Kunming Changshui international airport of Yunnan that borders Myanmar at about 6 a.m. They are expected to provide assistance in disaster relief and medical treatment efforts. (Photo by Ye Qinru/Xinhua)

युद्धग्रस्त म्यान्मा र छिमेकी मुलुक थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु हुनुका साथै व्यापक क्षति भएको छ ।

विश्व समुदायबाट भूकम्प प्रभावित क्षेत्रमा आर्थि राहत तथा सहायता र भौतिक सहयोग आउने क्रम जारी रहेको छ ।

भूकम्पका कारण म्यान्मामा हजारौँ व्यक्ति मारिएका हुनसक्ने घटनास्थलमा पुगेका सहयोगी समूहहरूले जानकारी गराएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भूकम्पपछिको ‘ट्रमा इन्जुरी’ सामग्री तयार गर्न दुबईमा रहेको आफ्नो केन्द्रलाई परिचालन गरिरहेको र यसको आपतकालीन व्यवस्थापन प्रतिकार्यलाई गति दिएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभास्थित मुख्यालयबाट भूकम्प प्रतिकार्यका लागि समन्वय गरिरहेको जानकारी दिँदै भने, “हामी यसलाई ठूलो घटनाका रुपमा हेरिरहेका छौँ।”

– चीन –

बेइजिङको आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार ८२ जनाको उद्धार टोली म्यान्मा पठाएको जनाएको छ ।

चीनको युनानबाट एउटा छुट्टै उद्धार टोली शनिबार म्यान्माको व्यापारिक केन्द्र याङ्गुन आइपुगेको सीसीटीभीले जनाएको छ ।

चीन सरकारले म्यान्मालाई आपतकालीन मानवीय सहायताका लागि १० करोड युआन (एक करोड ३८ लाख अमेरिकी डलर) पनि उपलब्ध गराउने घोषणा गरेको छ ।

–भारत–

म्यानमामा शनिबार एक भारतीय सहायता विमान अवतरण गरेको छ ।

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सी–१३० सैन्य परिवहन विमानलाई हाइजिन किट, कम्बल, खाद्य पार्सल र अन्य आवश्यक सामग्रीहरू लिएर पठाइएको जानकारी ए ।

उनले भने, “सहयोग लिएर गएको उडानमा खोजी तथा उद्धार टोली र मेडिकल टोली पनि रहेको छ ।”

उनले घटनाक्रमको अनुगमन जारी राख्ने र थप सहयोग पठाइने पनि उल्लेख गरे ।

–अमेरिका–

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यान्मा भूकम्पपछि त्यहाँको प्रभावित क्षेत्रका वासिन्दालाई सहयोग गर्ने बताएका छन् ।

“यो भयानक प्राकृतिक विपत्ति भएको छ,” ट्रम्पले ओभल अफिसमा पत्रकारसँग भने, “यो वास्तविक एक विनाशकारी विपत्ति हो । हामी मद्दत गर्नेछौँ। हामीले प्रभावित मुलुकसँग कुरा गरिसकेका छौँ ।”

– दक्षिण कोरिया –

दक्षिण कोरियाको विदेश मन्त्रालयले भूकम्पपछि ‘तत्काल उद्धार र राहत कार्यमा सहयोग गर्न’ २० लाख अमेरिकी डलर मानवीय सहायता पठाउने जनाएको छ ।

‘कोरियाली सरकारले आफ्नोे सहयोगले प्रभावित क्षेत्रमा जीवन बचाउन र दुःख कम गर्न मद्दत गर्ने आशा गरेको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सियोलले पनि स्थितिको मूल्याङ्कन र प्रभावित मुलुकसँग राय लिई थप सहयोग पठाउन सक्ने बताएको छ ।

–इरान–

इरानको विदेश मन्त्रालयले शनिबार म्यान्मा र थाइल्याण्डका जनता र सरकारप्रति तेहरानको समवेदना पठाउँदै मानवीय प्रयासमा सहयोग गर्न तयार रहेको बताएको छ ।

“विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाइद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा ‘राहत र उद्धार प्रक्रियामा सहयोग गर्न इरान तयार रहेको घोषणाु गरिएको छ ।

–मलेसिया–

मलेसियाको विदेश मन्त्रालयले म्यान्मामा पनि टोली पठाउने जनाएको छ ।

मन्त्रालयका अनुसार एक जना कमाण्डरसहित ४९ जना तालिमप्राप्त उद्धारकर्मीले जारी मानवीय तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउने छन् ।

म्यान्मा र थाइल्याण्ड सदस्य रहेको दक्षिणपूर्वी एशियाली समूह आसियान दुवै देशलाई सहयोग गर्न तयार रहेको विदेशमन्त्री मोहम्मद हसनले बताए ।

–इन्डोनेसिया–

इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले म्यानमा र थाइल्याण्डप्रति समवेदना प्रकट गर्दै सहयोगको प्रस्ताव गरेका छन् ।

“यस कठिन घडीमा हाम्रो विचार र प्रार्थना दुवै देशका जनताको साथमा छ”, उनले लेखेका छन्, “इन्डोनेसिया प्रभावित क्षेत्रमा उद्धारप्रयासका लागि आवश्यक सबै सहयोग गर्न तयार छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com