महानगर र उपमहानगर बाहेकका नतिजा ‘आज’


प्रकाशित मिति : आश्विन ७, २०७४ शनिबार

तेस्रो चरणको स्थानीय निर्वाचनको मतपरिणाम आउन ढिलाई भईरहेकोमा आलोचना खेपिरहेको निर्वाचन आयोगले आज साँझसम्म एउटा महानगरपालिका र तीनवटा उपमहानगरपालिका बाहेकका सबै तहको मतगणना सकिने जनाएको छ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार र पदहरु कम हुने भएकोले मतगणना अहिलेको भन्दा छिटो सकिने आयोगका अधिकारीहरुको आकलन छ।

गत सोमवार प्रदेश नं.२ मा भएको तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना पाँच दिनभित्र सक्ने आयोगले नै लिएको लक्ष्यको समयसीमा आज सकिंदैछ।

हालसम्म १२ सय ७१ वडामध्ये करिब ८५ प्रतिशत वडाको मतगणना सकिएको आयोगले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कारण

निर्धारित समयमै मतगणना थालनी गरिएको भएपनि मतपरिणाम आउन ढिलाई हुनुका पछाडि राजनीतिक दल वा उम्मेदबारबीचको विवाद नै प्रमुख कारक भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

उनले भने, “कुनै मतबारे विवाद भएपछि लामो छलफलहरु भइरहेका छन् र केही स्थानमा खसेको मतको मुचुल्का र मतपेटिका खोल्दा मुचुल्कामा फरक पर्‍यो भन्ने विवाद छ। कतिपय स्थानमा उम्मेदवारका प्रतिनिधिहरु समयमै प्राप्त गर्न नसक्दा पनि केही ढिलाई भएको छ।”

यसअघिका दुई चरणमा भएको ढिलाईसँगै बढेको आलोचनालाई मध्यनजर गर्दै निर्वाचन आयोगले तेस्रो चरणमा ३२८ मतगणना टोली परिचालन गरिएको आयोगले जनाएको छ।

मतगणना

प्रत्येक टोलीले आठ घण्टामा ५०० मतगणना गरेमा पाँच दिनमा सक्ने आयोगको अनुमान थियो।

निर्वाचन आयोगसँग पर्याप्त जनशक्ति र स्रोतसाधन भएपनि त्यसको सदुपयोग गर्न नसक्दा मतपरिणाम आउन ढिलाई भईरहेको एकजना पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले बताए।

सुझाव

आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखी अहिलेदेखि नै मतगणकको दक्षता विकासमा जोड दिनुपर्ने उनको सुझाव छ।

उनले भने, “प्रत्येक जिल्लामा आवश्यकताभन्दा अझ बढी मतगणकलाई तालिम दिनुपर्‍यो। आयोगले एउटा नमुना निर्वाचन गराएर प्राविधिक पक्षलाई थप चुस्त बनाउनुपर्दछ।”

तुलनात्मक रुपमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतपत्रको आकार र उम्मेदवारको संख्या सानो हुने हुनाले मतपरिणाम आउन हालको जस्तो ढिलो नहुने सम्बद्ध अधिकारीहरुले बताएका छन्।

तर दलहरुका कारण हुनसक्ने ढिलाईलाई सम्बोधन गर्न बेलैमा सजग नरहे आयोग आलोचनामुक्त नहुने जानकारहरु बताउँछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com