मानब तस्करीमा संलग्न दुई नेपालीलाई पोर्चुगलमा १३ बर्षको जेल


प्रकाशित मिति : आश्विन ६, २०७४ शुक्रबार

पोर्चुगलको सान्ताराइ कोर्टको फैसला अनुसार दुई नेपाली सहित एक पोर्तुगिज नागरीकलाई मानब तस्करीको अभियोगमा १४ र १३ बर्षको लागि जेल सजाय सुनाइएको छ । उनीहरुलाई २३ जना नेपालीहरुलाई मानब तस्करी गरी युरोप ल्याएको अभियोगमा अदालतले सो फैसला गरेको हो।

“मानव तस्कार सम्बन्धि अपराध “को मुद्दामा गत वर्ष जुलाईमा पक्राउ परेका उनीहरुलाई संताराइ अदालतमा सुनुवाई हुदा उक्त मुद्दा हेरिरहेकी न्यायाधिसहरुकी अध्यक्ष क्रिस्टिना अलमेइदा सहितको टोलीले मानब तस्करीको उक्त घटनालाई ” मानब सभ्यतामाथिकै आक्रमण ” को संज्ञा दिदै उक्त निर्णय गरेको हो।

पोर्तुगलको अध्यागमन प्रहरीले गत वर्ष जुलाई २०१६ मा गरेको “पोखरा” नामक अप्रेशनमा २३ जना नेपाली कृषि कामदारलाई उद्धार गर्दै २ जना नेपालीलाई मानब तस्करीको अभियोगमा पासो दोस नेग्रोस (अल्मेइरिम) नामक स्थानबाट गिरफ्तार गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी उनीहरु बिरुद्द २३ जना मानव तस्कर सम्बन्धि अपराध गरेकोले उक्त सजाय सुनाइएको थियो । यी तीनै जनालाई अपराधहरूको लागि चार वर्षको कैदको सजाय दिइएको थियो, तर कानूनी रोकाले गर्दा एटिमामुन्डोको कम्पनीका मालिक नेपाली नागरीक नबिन गिरी र मोरङ्गोसोस कम्पनीका मालिक पेडोरो वाटल लाई १४ वर्षको कैद र एटिमामुन्डोको कम्पनीका कर्मचारी उपेन्द्र पौडेल लाई १३ वर्षको जेल सजाय सुनाएको छ अदालतले दुई कम्पनीहरु सिल गर्न आदेश समेत दिएको छ।

स्मरण रहोस् , नबिन गिरी कास्की समाज पोर्तुगलका अध्यक्ष थिए र उनको पक्राउसंगै सोहि हप्ता समाजले आकस्मिक बैठक बोलाई गुपचुप नया कार्यसमिति गठन गरेको थियो, तर समाजले आफ्ना अध्यक्ष कहाँ छन् भनेर नेपाली समुदायलाई भन्न उचित नठानेको र अपराधलाई लुकाउने र पश्रय दिने कुचेष्टा गरेको आरोप सर्वसाधारणको रहेको छ।

पोर्तुगल सरकारले गत बर्ष गरेको “पोखरा” नामक सो अप्रेशन संगै यहाको कृषिमा लगानी गरेका कयौ नेपालीहरुले धमाधम आफ्ना कम्पनीहरु बन्द गरेका थिए। पोर्तुगल पछिल्लो समय र बिशेस गरी कृषि मजदुरहरु मानब तस्करीको शिकार बन्दै गरेका प्रशस्त जुनासाहरु आउन थालेका छन्। नेपाल सरकारको श्रम स्वीकृतिमा कृषि मजदुरको रुपमा पोर्तुगल आएर पनि मानब तस्करीको शिकार भएका सुब्रत रिमाल यसैको एक प्रतिनिधि पात्र मात्रै हुन्।

प्रवासको नेपाली समाजमा खोक्रो समाजसेवाको खोलभित्र मानब तस्करी, ठगी र दलालीको को धन्दा गर्नेहरुको मुटुमा यो घटना र अदालतको निर्णयले ढ्यांग्रो ठोकेको छ। नागरिक समाजले अदालतको यो निर्णयको स्वागत गरेका छन्।

Source : Voice of Nepal

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com