इजरायली हवाई आक्रमणमा परी गाजामा ४०० भन्दा बढीको मृत्यु, सयौँ घाइते (अपडेट)


प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

EDITORS NOTE: Graphic content / TOPSHOT – Women sit together in mourning by the shrouded bodies of victims killed in Israeli bombardment as they lie on the floor at the Ahli Arab hospital, also known as the Baptist hospital, in Gaza City on March 18, 2025. Israel on March 18 unleashed its most intense strikes on the Gaza Strip since a January ceasefire, with rescuers reporting 220 people killed, and Hamas accusing Benjamin Netanyahu of deciding to “resume war” after a deadlock on extending the truce. (Photo by Omar AL-QATTAA / AFP)

इजरायली हवाई आक्रमणले गाजामा ठूलो विनाश ल्याएको छ। सोमबार रातीदेखि भएको आक्रमणमा ४०० भन्दा बढी मानिसको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। यो आक्रमणले दुई महिनादेखि कायम युद्धविराम भत्किन सक्ने खतरा बढाएको छ।

इजरायलले हमासद्वारा कब्जा गरिएका बन्धकहरूको रिहाइका लागि थप बल प्रयोग गर्ने घोषणा गरेको छ। हमासले अक्टोबर ७, २०२३ मा इजरायलमाथि आक्रमण गरेर करिब २५० जनालाई अपहरण गरेको थियो, जसमा अझै ५९ जना बन्धक छन्। हमासले इजरायलमाथि युद्धविराम तोडेको आरोप लगाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सेनालाई हमासविरुद्ध बलियो कारबाही गर्न निर्देशन दिएका छन्। उनका अनुसार बन्धकहरूको रिहाइ नहुञ्जेल हमासलाई लक्ष्य गर्दै आक्रमण जारी रहनेछ।

माघ महिनामा युद्धविराम सम्झौताका लागि मध्यस्थता गरेको इजिप्टले सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ। इजिप्टले स्थायी सम्झौता खोज्नका लागि वार्तालाई निरन्तरता दिनुपर्ने बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इजरायली हवाई आक्रमण उत्तरदेखि दक्षिणसम्म फैलिएको थियो। ट्याङ्कहरूले पनि गाजाको पूर्वी तथा दक्षिणी सीमामा तोप आक्रमण गरेका छन्।

गाजा सिटीकी ६५ वर्षीया राबिहा जमालले भनिन्, ‘यो एउटा नर्कको रात थियो। यो युद्धको पहिलो दिन जस्तै लाग्यो।’

गाजाका अस्पतालहरू हताहत भएका मानिसहरूबाट भरिएका छन्। सेतो प्लास्टिकमा बेरिएका शवहरू एकपछि अर्को गरी अस्पतालमा ल्याइएका थिए। हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा धेरैजसो बालबालिका छन्, जबकि ५६२ जना घाइते भएका छन्।

इजरायली सेनाले हमासविरुद्धका लक्ष्यहरूमा आक्रमण जारी राख्ने जनाएको छ। सेनाका अनुसार हवाई कारबाही मात्र नभई अन्य सैन्य कारबाही पनि आवश्यक परेको खण्डमा अघि बढाइनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com