क्यानडाले बिजुलीमा शुल्क फिर्ता लिएपछि ५०% भन्सार लगाउने ट्रम्पको योजना स्थगित


प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार

राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको स्टील र एल्यूमिनियममा ठूलो मात्रामा भन्सार वृद्धि गर्ने तथा र क्यानडाको बिजुलीमा नयाँ भन्सार लगाउने योजनाबाट पछाडि हटेका छन् । त्यसको बदलामा क्यानडाले अमेरिकी ग्राहकहरूलाई बिजुलीमा लगाइएको अतिरिक्त शुल्क स्थगित गरेको छ । केही तनावपूर्ण घण्टापछि दुवै पक्ष कम्तीमा अहिलेलाई पछि हटेका छन् ।

अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिक, क्यानडाका अर्थमन्त्री डोमिनिक लेब्लांक र ओन्टारियो प्रिमियर डग फोर्डले बिहीबार स्वतन्त्र व्यापार सन्धिबारे पुनः वार्ता गर्न भेट्ने बताएका छन् । ओन्टारियोले मिशिगन, मिनेसोटा र न्यूयोर्कमा बिजुली निर्यातमा लगाएको २५ प्रतिशत अतिरिक्त शुल्क स्थगित गर्न सहमत भएको छ ।

मंगलबार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पले ओन्टारियोको निर्यात शुल्कको प्रतिक्रियास्वरूप क्यानडाको स्टील र एल्यूमिनियममा ५० प्रतिशत भन्सार लगाउने धम्की दिएका थिए, जुन क्यानडासँगको व्यापार युद्धमा तीव्र वृद्धि थियो। तर पछि ट्रम्पले पछि हट्ने संकेत गरेका हुन् । पछि ट्रम्पले उच्च भन्सार शुल्क तत्कालका लागि लागू नहुने पुष्टि गरेका हुन् ।

क्यानडा सहितका देशबाट अमेरिकाले आयात गर्ने सबै स्टील र एल्यूमिनियममा २५ प्रतिशत भन्सार भने बुधबार मध्यरातदेखि े लागू हुने ह्वाइट हाउसले पुष्टी गरेको छ । ट्रम्पले क्यानडाको एल्यूमिनियम र स्टीलमा ५० प्रतिशत भन्सार धम्कीको घोषणा गरेपछि स्टक मार्केट सुरुमा तीव्र रूपमा घटेको थियो । तर लुटनिक र फोर्डको संयुक्त वक्तव्यपछि घाटा कम भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार बिहानै ट्रम्पले ओन्टारियोले न्यूयोर्क, मिनेसोटा र मिशिगनमा बिजुलीमा लगाएको २५ प्रतिशत अतिरिक्त शुल्कको जवाफमा क्यानडाको बिजुलीमा २५ प्रतिशत भन्सार लगाउने बताएका थिए । सोमबार घोषणा गरिएको उक्त शुल्कले फोर्डका अनुसार बिजुलीका बिलहरू १०० डलर प्रति महिना बढ्न सक्थ्यो।

ट्रम्पको उद्देश्य क्यानडाको अर्थतन्त्रलाई उच्च स्टील र एल्यूमिनियम भन्सार लगाएर चोट पुर्‍याउने भए पनि यो कदमले अमेरिकी अर्थतन्त्रलाई पनि हानि पुर्‍याउने जोखिम छ। क्यानडा अमेरिकामा पठाइने फलाम, स्टील र एल्यूमिनियमको शीर्ष स्रोत हो। गत वर्ष अमेरिकाले क्यानडाबाट ११ दशमलव ४ बिलियन मूल्यको एल्यूमिनियम र ७ दशमलव ६ बिलियन मूल्यको फलाम र स्टील आयात गरेको थियो।

क्यानडाको एल्यूमिनियम निर्यातले गत वर्ष अमेरिकाले आयात गरेको सबै एल्यूमिनियमको ४१ प्रतिशत हिस्सा ओगट्छ भने क्यानडाको फलाम र स्टीलले त्यसको लगभग एक चौथाइ हिस्सा ओगट्छ। क्यानडाको एल्यूमिनियममा मात्र २५ प्रतिशत भन्सारले अमेरिकामा १ लाख रोजगारी गुमाउन सक्ने अमेरिकाको सबैभन्दा ठूलो एल्यूमिनियम निर्माता अल्कोआका सीईओले हालै चेतावनी दिएका थिए ।

एल्यूमिनियम उद्योगले अमेरिकामा १ लाख ६४ हजार कामदारहरूलाई प्रत्यक्ष रोजगारी दिन्छ रभने खानी, निर्माण र उत्पादन जस्ता उद्योगहरूमा थप २ लाख ७२ हजार कामदारहरूलाई अप्रत्यक्ष रूपमा रोजगारी दिन्छ । अल्कोआको मुख्यालय पिट्सबर्गमा छ भने अल्कोआको एल्यूमिनियम उत्पादनको उल्लेखनीय हिस्सा क्यानडामा अवस्थित छ । त्यसपछि अमेरिकामा पठाइन्छ ।

एल्यूमिनियम र स्टील धेरै वस्तुहरूमा भारी रूपमा प्रयोग हुन्छन्। दुवै धातुमा भन्सारले अमेरिकीहरूका लागि मूल्यहरू उल्लेखनीय रूपमा बढाउन सक्छ। कारहरूमा ठूलो मात्रामा स्टील र एल्यूमिनियम प्रयोग गरिन्छ । ट्रम्पले उच्च अटो भन्सारले क्यानडाको अटो उद्योग बन्द गर्ने बताएपनि उत्तर अमेरिकी कार आपूर्ति श्रृंखलाको अन्तरसम्बन्धका कारण यसले अमेरिकी अटो उत्पादनमा उल्टो असर पार्ने सम्भावना बढी छ। उपकरण, मेसिनरी, पूर्वाधार, चिकित्सा उपकरण, क्यान र पावर लाइनहरू सबै स्टील र एल्यूमिनियममा निर्भर हुने उत्पादनहरू हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com