युक्रेनलाई सैन्य सहयोग पुनः सुरु गर्न अमेरिका सहमत, रुससँगको ३० दिने युद्धविरामप्रति युक्रेनको समर्थन


प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार

साउदी अरेबियामा घण्टौंसम्मको बैठकपछि अमेरिकाले गुप्तचर साझेदारीमा लगाइएको विराम तुरुन्तै हटाउने र युक्रेनलाई सैन्य सहयोग पुनः सुरु गर्ने बताएको छ। किभले रुससँगको ३० दिने युद्धविरामको लागि ट्रम्प प्रशासनको प्रस्तावलाई समर्थन गर्ने बताएको छ। संयुक्त विज्ञप्तिमा अमेरिका र युक्रेनले कुनै पनि युद्धविरामका सर्तहरू रूसको स्वीकृतिको अधीनमा हुने स्वीकार गरेका छन्।

उनीहरूले युक्रेनको महत्वपूर्ण खनिज स्रोतहरूबारेको सम्झौतापनि सकेसम्म चाँडो गर्ने सहमति जनाएका छन् । अमेरिका र युक्रेनले युद्धविराम भएपछि हुन सक्ने मानवीय राहत प्रयासहरू र युद्धबन्दीहरूको आदानप्रदानको बारेमा पनि छलफल गरेका छन् । वार्तामा सहभागी नभएको रुसबाट तत्काल कुनै टिप्पणी आएको छैन। राष्ट्रपति ट्रम्पले यस हप्ता रूसी नेता भ्लादिमिर पुटिनसँग कुरा गर्नसक्ने बताएका छन् । उनले आगामी दिनहरूमा स्थायी युद्धविरामको लागि वार्ता हुने आशा व्यक्त गरेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र एनएसएका माइक वाल्ट्जले युक्रेनी विदेशमन्त्री र युक्रेनी रक्षामन्त्रीसँग गरेको भेटघाट । (फ्रेडी एभरेट/ विदेश मन्त्रालयको आधिकारिक  तस्बिर)

साउदी अरेबियाको तटीय शहर जेद्दामा भएको वार्ताले युक्रेनी र अमेरिकी राष्ट्रपतिहरू बीच ह्वाइट हाउसमा सार्वजनिक टकराव पछि असफल भएको युद्धविराम वार्तालाई नयाँ गति प्रदान गरेको छ । वासिङ्टनमा भएको बैठकपछि ट्रम्प प्रशासनले सबै सैन्य सहायता र गुप्तचर जानकारी आदानप्रदान निलम्बन गरेको थियो।

बैठकपछि विदेशमन्त्री मार्को रुबियोले सम्झौताबाट अब रूसलाई युद्ध अन्त्य गर्न दबाब पुगेको बताएका छन् । बल अब उनीहरूको कोर्टमा रहेको उनले बताएका छन् ।
जेद्दामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले गरेका थिए। उनीहरूले युक्रेनी राष्ट्रपतिका प्रमुख कर्मचारी एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्तेम उमरोभको नेतृत्वमा कीभको प्रतिनिधिमण्डलसँग भेट गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युक्रेनमा हुने कुनै पनि युद्धविरामको निगरानी गर्न बहुराष्ट्रिय शान्ति सेनाको गठनको समीक्षा गर्न ३० भन्दा बढी सशस्त्र सेनाका प्रमुखहरूलाई भेला गरेका थिए । हिजो बिहान सबेरै युक्रेनले मस्कोमा आक्रमण गरेको र मस्कोको बृहत् क्षेत्रमा कम्तिमा तीन जनाको मृत्यु भएको र १८ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com