PhotoFlash | U.S., Ukraine start talks in Saudi Arabia
युक्रेनका राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माकले संयुक्त राज्य अमेरिका र युक्रेनबीचको वार्ता रचनात्मक रूपमा सुरु भएको बताएका छन्।
साउदी अरेबियाको जेद्दास्थित रिट्ज-कार्लटन होटलमा मंगलबार अमेरिकी टोलीसँगको बैठक सकारात्मक रूपमा सुरु भएको उनले बताएका हुन् । उनले भने, ‘हामी न्यायसङ्गत र स्थायी शान्ति स्थापना गर्न काम गरिरहेका छौँ।’
उक्त वार्तामा यर्माकसहित युक्रेनका विदेश मन्त्री, रक्षा मन्त्री र अन्य उच्च अधिकारीहरू सहभागी छन् । यस्तै, अमेरिकाको तर्फबाट विदेश मन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज छलफलमा उपस्थित छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।