आगामी बजेटबाट मेडिकेडको ८८० बिलियन डलर कटौती गर्न खोज्दै रिपब्लिकन, कस्लाई असर गर्छ?


प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार

रिपब्लिकन सांसदहरुले अमेरिकाको आगामी बजेटबाट मेडिकेडको ८८० बिलियन डलर कटौती गर्न खोजिरहेका छन् । सांसदका रिपब्लिकन नेताहरूले मेडिकेडको निरीक्षण गर्ने समितिलाई अर्को बजेटबाट ८८० अर्ब डलर कटौती गर्न निर्देशन दिएका छन्। उनीहरुले यो कटौती ७२ मिलियन गरिब र अशक्त अमेरिकीहरूका लागि बीमा कार्यक्रम मेडिकेडलाई नै लक्षित गरेको नभएको बताएका छन् । यद्यपी यो कटौती मेडिकेयरबाट पनि आउन सक्छ । तर ट्रम्पले त्यो अत्यन्त लोकप्रिय कार्यक्रमलाई नछुने प्रतिज्ञा गरेका छन्। र यो ठूलो रकम अरू कुनै ठाउँबाट आउन सक्दैन।

रिपब्लिकन प्रक्रिया भर्खरै सुरु भएको छ । सांसदहरूले यो कार्यक्रमलाई कसरी परिवर्तन गर्नेछन् भन्नेबारे प्रष्ट विवरणहरु छैनन् । मेडिकेडको अधिकांश पैसा राज्यहरूलाई जान्छ, त्यसैले यसले राज्य बजेटमा कटौती हुनसक्छ । राज्यहरूले कभरेज घटाएर, कर बढाएर वा आफ्नो बजेटका अन्य भागहरू कटौती गरेर यसको सामना गर्न सक्छन् ।

मेडिकेड बिरामीको चिकित्सा बिल विभाजन गर्न डिजाइन गरिएको थियो । यसको निश्चित हिस्सा संघीय सरकार र राज्यले तिर्दै आएको छ । राज्यको योगदान त्यसको गरिबी स्तरमा निर्भर गर्छ। कानुनले मेडिकेडले के कभर गर्नुपर्छ भनेर स्पष्ट रूपमा उल्लेख गरेको छ । जस्तै क्यान्सर स्क्रिनिङ र मिर्गौला प्रत्यारोपण मेडिकेडले कभर गर्छ तर कृत्रिम खुट्टा गर्दैन । रिपब्लिकनहरूले बजेट विधेयकमार्फत यो परिवर्तन गर्न भने सक्दैनन्। प्रत्येक राज्यले निश्चित समूहलाई कभर गर्नुपर्छ, जसमा गरिब बालबालिका, गर्भवती महिला, अशक्त व्यक्तिहरू र नर्सिङ होममा पैसा सकिएका बिरामीहरू पर्छन्।

धेरैजसो राज्यहरूले २०१४ मा ओबामाकेयरको हिस्साको रूपमा थपिएको वैकल्पिक समूहलाई पनि कभर गर्न छनौट गरेका छन्, जसको आय निश्चित आयभन्दा कम छ । रिपब्लिकनहरू यो समूहमा अशक्त नभएका व्यक्तिहरूका लागि कामको आवश्यकता लगाउन चाहन्छन्। यो विचार जनतामाझ लोकप्रिय छ तर यसले संघीय सरकारलाई करिब १०० अर्ब डलर मात्र बचत गर्छ, जसले रिपब्लिकनको लक्ष्य पूरा गर्न सक्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेडिकेडले कुल २१ प्रतिशत अमेरिकीहरुलाई कभर गर्छ । जन्म ४१ प्रतिशत जन्महरु, ६३ प्रतिशत नर्सिङ होमका बासिन्दा, १६ प्रतिशत १९ देखि ६४ बर्षसम्मका सबै वयस्क, ४८ प्रतिशत गरिब वयस्क, ४१ प्रतिशत अशक्त वयस्क, ३९ प्रतिशत बालबालिका, ८० प्रतिशत गरिब बालबालिका र ५९ प्रतिशत अशक्त बालबालिकालाई मेडिकेडले कभर गर्दै आएको छ ।

यो कार्यक्रममा संघीय सरकारको हिस्सा घटाउन थप कुनै कदमले राज्यहरूमा बोझ थपिनेछ। र त्यहाँका सांसदहरूले आफ्नै तरिकाले यो समस्यासँग जुध्न सक्छन्। उनीहरूले ओबामाकेयर समूह जस्ता वैकल्पिक समूहहरू कटौती गर्न सक्छन्। बाह्र राज्यहरूमा संघीय कोष घटेमा यो स्वचालित रूपमा हुने कानुन छ। यदि उनीहरूले मानिसहरूलाई हटाउन नचाहेमा राज्यहरूले औषधिको कभरेज जस्ता वैकल्पिक सुविधाहरू कटौती गर्न सक्छन्।

त्यसपछि पनि राज्यहरूलाई कठिन छनौटहरू सामना गर्नुपर्ने अवस्था आउनसक्छ । उनीहरूले डाक्टर, अस्पताल र नर्सिङ होमहरूलाई हेरचाहको लागि कम भुक्तानी गर्न सक्छन्। तर त्यसको पनि सीमा छ। उदाहरणका लागि यदि मिसिसिपीले अचानक इकोकार्डियोग्रामको लागि १६० डलरको सट्टा ५० डलर तिर्न थाल्यो भने, कार्डियोलोजिस्टहरूले मेडिकेड बिरामीहरूलाई हेर्न छोड्न सक्छन्।

धेरै मेडिकेड बिरामीहरूले पहिल्यैदेखि डाक्टरले कम भुक्तानी पाउने भएकाले हेरचाह पाउन संघर्ष गरिरहेका छन्। यस्ता कटौतीले केही नर्सिङ होम वा ग्रामीण अस्पतालहरू बन्द पनि हुन सक्छन्। राज्यहरूलाई मेडिकेडका लागि धेरै पैसा चाहिन्छ, जुन सामान्यतया शिक्षा पछिको दोस्रो ठूलो खर्च हो। त्यसैले मेडिकेडका लागि बजेट बनाउन राज्यहरुले शिक्षामा कटौती गर्नुपर्ने, कर बढाउने जस्ता विकल्प छान्नुपर्ने हुन्छ । यी कुनै पनि संघीय कानुनद्वारा बाध्यकारी छैनन् । यो राज्यहरूले कसरी सामना गर्छन् भन्नेमा निर्भर गर्छ।

रिपब्लिकनहरूले वाशिंगटन र राज्यहरूबीचको मूल सम्झौता कमजोर भएको र संघीय सरकारले आफ्नो हिस्साभन्दा बढी कभर गरिरहेको बताउँदै आएका छन् । राज्यहरूले आफ्नो मेडिकेड योगदान घटाएका छन् र अहिले औसतमा बिलको एक तिहाइ मात्र तिर्छन्। २०१४ को ओबामाकेयर विस्तारको लगभग सम्पूर्ण लागत संघीय सरकारले नै वहन गरेको छ।

तर त्यो विस्तारले मेडिकेडलाई लोकप्रिय बनाएको छ। आधाभन्दा बढी अमेरिकीहरूले आफ्नो परिवारमा कसैले यो कार्यक्रम प्रयोग गरेको बताउँछन्, र केवल १७ प्रतिशतले यसको बजेट कटौतीको समर्थन गरिरहेका छन् । स्थानीय सांसदहरूले पनि मेडिकेड बचाउन शिक्षा कटौती गरेर वा कर बढाएर मतदाताहरूलाई जित्ने सम्भावना कम छ। त्यसैले डेमोक्र्याटहरूले बजेट योजनाको मुख्य कुराको रूपमा मेडिकेडलाई छनौट गरेका छन्।

रिपब्लिकनहरूले २०१७ मा पनि मेडिकेडको बजेट कटौती गर्ने प्रयास गरेका थिए। जनस्तरको विरोध र रिपब्लिकन गभर्नरहरूको व्यापक लबिङले यो प्रयास असफल भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com