रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार


प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार

TOPSHOT – US President Donald Trump and Ukraine’s President Volodymyr Zelensky meet in the Oval Office of the White House in Washington, DC, February 28, 2025. Zelensky on February 28 told Trump there should be “no compromises” with Russian President Vladimir Putin as the parties negotiate to end the war after Moscow’s invasion. (Photo by SAUL LOEB / AFP)

रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मङ्गलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार साउदी अरब पुग्ने अपेक्षा गरिएको छ ।

तीन वर्षको द्वन्द्व समाधानका लागि मङ्गलबार हुने बहुप्रतीक्षित वार्तामा गत महिना जेलेन्स्कीको ह्वाइट हाउसको असफल भ्रमणपछि पहिलो पटक अमेरिकी र युक्रेनी अधिकारीहरू भेट्नेछन् ।

जेलेन्स्कीले सोमबार देशको वास्तविक नेता साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट्ने र त्यसपछि उनको टोली ‘मङ्गलबार अमेरिकी टोलीसँगको बैठकका लागि बस्ने’ बताए ।

रेड सी बन्दरगाह सहर जेद्दामा हुने वार्तामा अमेरिकी मध्यपूर्व दूत स्टिभ विट्कफले भने, वासिङ्टन ‘शान्ति सम्झौताका लागि एक ढाँचा र प्रारम्भिक युद्धविराम पनि पाउन चाहन्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेलेन्स्कीले युक्रेन ‘रचनात्मक वार्ताका लागि पूर्ण रूपमा प्रतिबद्ध’ रहेको तर आफ्नो हितलाई ‘सही तरिकामा ध्यानमा राख्न’ चाहेको बताएका छन् ।

“शान्ति नजिक ल्याउने र समर्थन जारी राख्ने दुवै सन्दर्भमा हामी परिणामको आशा गर्दछौँ”, उनले आइतबार साँझ आफ्नो सम्बोधनमा भने ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो सोमबार जेद्दा जाने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पनि उनको सहभागिताको पुष्टि गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com