रुसले गरेको हवाई हमलामा युक्रेनमा २५ जनाले ज्यान गुमाए


प्रकाशित मिति : फाल्गुन २४, २०८१ शनिबार

Firefighters dismantle the rubble of a damaged building following a missile strike in Poltava, on February 1, 2025, amid the Russian invasion of Ukraine. (Photo by SERGEY BOBOK / AFP)

रूसले युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु भएको छ । डोनेत्स्क क्षेत्रमा भएको आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको हो । त्यहाँ ४० जना घाइते भएका छन् ।

मृतक मध्ये ६ जना बालबालिका पनि रहेका छन् । खार्किभ र ओडेसामा पनि घर र पूर्वाधारहरूमा रुसले हमला गरेको छ ।

सबैभन्दा घातक आक्रमण डोब्रोपिल्लिया नगरमा भएको छ । जहाँ दुई ब्यालेस्टिक मिसाइलले आठवटा आवासीय भवन र एक किनमेल केन्द्रमा प्रहार गर्दा कम्तिमा ११ जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय रूसले आक्रमण तीव्र बनाएको छ । अमेरिकाले यूक्रेनसँग सैन्य सहयोग र गुप्तचर जानकारी आदान प्रदान गर्न रोकेपछि युक्रेनमागि रुसको आक्रमण बढेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र यूक्रेनी राष्ट्रपति जेलन्स्की बीचको तनावपूर्ण ओभल वार्तापछि अमेरिका युक्रेनप्रति कठोर बनेको हो । डोनेत्स्क क्षेत्रमा अन्य आक्रमणले शुक्रबार र शनिबार ९ जनाको मृत्यु र १३ जना घाइते बनाएको छ ।

शनिबार बिहान खार्किभ क्षेत्रको बोहोडुखिवमा ड्रोन आक्रमणले तीन जनाको मृत्यु र सात जनालाई घाइते बनाएको स्थानीय अधिकारीले बताएका छन ।

यूक्रेनले पनि रूसलाई लक्षित गर्न रोकेको छैन । युक्रेनका फौजहरूले रातभरि ३१ वटा रुसका ड्रोन अवरुद्ध गरेका छन् ।

ट्रम्प प्रशासनको रुसी राष्ट्रपति पुटिनसँगको सम्वन्धले युरोपमा धेरैलाई चिन्तित बनाएको छ । महाद्वीपको सुरक्षा सुनिश्चित गर्न अब अमेरिका विश्वसनीय साथी हुन नसक्ने बुझाइमा युरोपेली देशहरु पुगेका छन ।

फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि पूर्ण स्तरीय आक्रमण सुरु गरेको थियो । अहिलेसम्म यूक्रेनको लगभग २० प्रतिशत क्षेत्र रुसले नियन्त्रणमा लिइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com