रुसले गरेको हवाई हमलामा युक्रेनमा २५ जनाले ज्यान गुमाए


प्रकाशित मिति : फाल्गुन २४, २०८१ शनिबार

Firefighters dismantle the rubble of a damaged building following a missile strike in Poltava, on February 1, 2025, amid the Russian invasion of Ukraine. (Photo by SERGEY BOBOK / AFP)

रूसले युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु भएको छ । डोनेत्स्क क्षेत्रमा भएको आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको हो । त्यहाँ ४० जना घाइते भएका छन् ।

मृतक मध्ये ६ जना बालबालिका पनि रहेका छन् । खार्किभ र ओडेसामा पनि घर र पूर्वाधारहरूमा रुसले हमला गरेको छ ।

सबैभन्दा घातक आक्रमण डोब्रोपिल्लिया नगरमा भएको छ । जहाँ दुई ब्यालेस्टिक मिसाइलले आठवटा आवासीय भवन र एक किनमेल केन्द्रमा प्रहार गर्दा कम्तिमा ११ जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय रूसले आक्रमण तीव्र बनाएको छ । अमेरिकाले यूक्रेनसँग सैन्य सहयोग र गुप्तचर जानकारी आदान प्रदान गर्न रोकेपछि युक्रेनमागि रुसको आक्रमण बढेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र यूक्रेनी राष्ट्रपति जेलन्स्की बीचको तनावपूर्ण ओभल वार्तापछि अमेरिका युक्रेनप्रति कठोर बनेको हो । डोनेत्स्क क्षेत्रमा अन्य आक्रमणले शुक्रबार र शनिबार ९ जनाको मृत्यु र १३ जना घाइते बनाएको छ ।

शनिबार बिहान खार्किभ क्षेत्रको बोहोडुखिवमा ड्रोन आक्रमणले तीन जनाको मृत्यु र सात जनालाई घाइते बनाएको स्थानीय अधिकारीले बताएका छन ।

यूक्रेनले पनि रूसलाई लक्षित गर्न रोकेको छैन । युक्रेनका फौजहरूले रातभरि ३१ वटा रुसका ड्रोन अवरुद्ध गरेका छन् ।

ट्रम्प प्रशासनको रुसी राष्ट्रपति पुटिनसँगको सम्वन्धले युरोपमा धेरैलाई चिन्तित बनाएको छ । महाद्वीपको सुरक्षा सुनिश्चित गर्न अब अमेरिका विश्वसनीय साथी हुन नसक्ने बुझाइमा युरोपेली देशहरु पुगेका छन ।

फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि पूर्ण स्तरीय आक्रमण सुरु गरेको थियो । अहिलेसम्म यूक्रेनको लगभग २० प्रतिशत क्षेत्र रुसले नियन्त्रणमा लिइसकेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com