ईयू विदेश नीति प्रमुखको प्रतिक्रिया – रुसलाई शान्तिमा कुनै चासो छैन


प्रकाशित मिति : फाल्गुन २४, २०८१ शनिबार

Belgium Europe Summit

युरोपेली सङ्घकी विदेश नीति प्रमुखले काजा कालासले रुसलाई शान्तिमा कुनै चासो नरहेको देखिएको बताएकी छिन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले युक्रेनमा रातभर गरिएको आक्रमणले क्रेमलिनलाई ‘शान्तिमा कुनै चासो छैन’ भन्ने देखाएको बताएकी हुन् ।

उनले रूसी क्षेप्यास्त्रहरू युक्रेनमा निरन्तर खसिरहेको बताउँदै यसले मृत्यु र विनाश बढ्दै गएको बताइन् । उनले लेखेकी छिन्, ‘रूसी क्षेप्यास्त्रहरू युक्रेनमा निरन्तर खसिरहेका छन्, जसले गर्दा मृत्यु र विनाश बढ्दै गएको छ।’

कालासले युक्रेनमाथि रुसी आक्रमण बढ्दै जानुले पुटिनलाई शान्तिमा कुनै चासो नभएको देखिएको जिकिर गरेकी हुन् । उनले भनिन्, ‘फेरि एक पटक, पुटिनले शान्तिमा कुनै चासो नभएको देखाएका छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इस्टोनियाका पूर्व प्रधानमन्त्री तथा युरोपेली आयोगका उपाध्यक्ष समेत रहेकी कालासले थपेकी छिन्,  ‘हामीले हाम्रो सैन्य समर्थन बढाउनुपर्छ । अन्यथा, अझ धेरै युक्रेनी नागरिकहरूले उच्चतम मूल्य चुकाउनुपर्नेछ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com