अमेरिका र युक्रेनबीचको वार्ता अर्को हप्ता साउदी अरेबियामा !
प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीचको वार्ता अर्को हप्ता साउदी अरेबियामा हुने बताएका छन् । उनले यो बैठकमा महत्त्वपूर्ण छलफल हुने आशा व्यक्त गरेका छन्।
यद्यपि, उनी स्वयम् खाडी राष्ट्रमा हुने भए पनि वार्तामा सहभागी हुने छैनन्। उनले युक्रेन सकेसम्म चाँडो स्थायी शान्ति स्थापना गर्न प्रयासरत रहेको समेत बताएका छन् ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट कफले अमेरिकी टोलीले रुस-यूक्रेन युद्ध अन्त्य गर्न शान्तिको रूपरेखाबारे छलफल गर्न चाहेको बताएका छन् ।
गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबिच तिक्त पूर्ण बहस भएको थियो। सो क्रममा ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न इच्छुक नरहेको आरोप लगाएका थिए ।
अमेरिका सरकारले हाल युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्का गरेको छ भने गोप्य जानकारी साझा गर्न बन्द गरिदिएको छ।
युक्रेनी राष्ट्रपतिले अमेरिकाको निर्णयप्रति खेद व्यक्त गरेका छन् । उनले देशको प्रमुख सैन्य सहयोगी अमेरिकासँग पुनः राम्रो सम्बन्ध बनाउन प्रयास गरिरहेका छन्।








