अमेरिकासँगको व्यापार युद्ध निकट भविष्यमा पनि जारी रहन्छ : क्यानडाली प्रधानमन्त्री


प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार

Britain Ukraine Summit Trudeau

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संयुक्त राज्य अमेरिकासँगको व्यापार युद्ध निकट भविष्यमा पनि जारी रहने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तालापपछि क्यानडाका प्रधानमन्त्री ट्रुडोले यस्तो धारणा राखेका हुन् ।

ट्रुडोका अनुसार क्यानडाले अमेरिकी प्रशासनका उच्च अधिकारीहरूसँग निरन्तर संवाद गर्नेछ। उनले ट्यारिफ हटाउनु नै आफ्नो सरकारको मुख्य लक्ष्य भएको स्पष्ट पारे।

बिहीबार ओटावामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संयुक्त राज्य अमेरिकाले सुरु गरेको यो व्यापार युद्ध निकट भविष्यमा कायम रहनेछ भन्ने म पुष्टि गर्न सक्छु ।’

क्यानडाले अमेरिकी व्यापार कदमको जवाफ स्वरूप ३० अर्ब क्यानेडियन डलर बराबरको अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत ट्यारिफ लगाएको छ। प्रधानमन्त्री ट्रुडोले अमेरिकाले आफ्नो व्यापारिक प्रतिबन्ध हटाए मात्र यी ट्यारिफहरू फिर्ता लिइने बताएका छन्।

यो व्यापारिक विवादले दुवै देशको आर्थिक क्षेत्रमा असर पार्ने अनुमान गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com