मेक्सिकोमा भूकम्प: राजधानी प्रभावित
प्रकाशित मिति : आश्विन ४, २०७४ बुधबार
उद्धारकर्ता र स्वयंसेवीहरुले भत्किएका भवनमा च्यापिएका हुनसक्ने जीवितहरुको खोजी गरिरहेका छन्कम्तीमा एउटा विद्यालय पनि भत्केको र त्यसमा बालबालिका फँसेको खबर छ।
मोरेलोस र पोएब्ला राज्यमा पनि ठूलो क्षति भएको बताइएको छ।
भूकम्प ३२ वर्ष अगाडि विनाशकारी भूकम्प आएकै दिन अर्थात सेप्टेम्बर १९ का दिन आएको छ।
३२ वर्ष अघि आएको भूकम्पमा दश हजार जति मानिस मारिएका थिए।
सेवा अवरुद्ध
राजधानीको दक्षिणतिर स्थित मोरेलोस राज्यमा कम्तीमा ५५ जना मारिएका र पोएब्ला राज्यमा ३२ जना मारिएका बताइएको छ।
राजधानीका बीस लाख जति मानिसहरुकहाँ बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ।
अधिकारीहरुले ग्यासलाइनहरु फुटेको हुनसक्ने भन्दै सडकमा चुरोट नखान सचेत गराएका छन्।
मेक्सिको सिटी संसारमै सबभन्दा संघन जनसंख्या भएको शहर हो जहाँ दुई करोड मानिस बसोबास गर्छन्।
BBC Nepali








