अमेरिकाबाट उडेको डेल्टाको यात्रुवाहक विमान टोरन्टो विमानस्थलमा दुर्घटना, कम्तीमा ९ जना घाइते


प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

A large jetliner sitting on top of an airport tarmac

सोमवार अमेरिकाको मिनेपोलिसबाट उडेको डेल्टा एयरको यात्रुवाहक विमान क्यानडाको पिअर्सन विमानस्थलमा अवतरण गर्दा दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भिर रहेको छ ।

विमान दुर्घटना भएर विमानस्थलमा उत्तानो परेको थियो । डेल्टा फ्लाइट ४८१९ स्थानीय समय अनुशार अपराह्न २ बजेर ४५ बजे अवतरण गर्दै गर्दा दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय विमानन प्रशासनका अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन्। उक्त दुर्घटना हुँदा शक्तिशाली हावा र हिमपातको रिपोर्ट गरिएको थियो।

विमानमा रहेका ८० यात्रुहरूलाई सबैलाई निकालिएको अधिकारीहरूले बताएका छन् । घाइतेहरूको पूर्ण विवरण अझै अस्पष्ट रहेको छ। घाइतेलाई हवाई मार्गबाट ट्रमा सेन्टरमा लगिएको छ।

डेल्टा एयरलाइन्सले दुर्घटनाका बारेमा जानकारी प्राप्त भएको बताएको छ । क्यानाडाको यातायात सुरक्षा बोर्डले अनुसन्धानको नेतृत्व गर्ने अधिकारीहरूले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघीय विमान प्रशासनले दुर्घटनापछि विमानस्थलमा उडान अवतरण रोक लगाउने आदेश जारी गरेको थियो। क्यानाडाकी यातायात मन्त्री अनिता आनन्दले गम्भीर घटनालाई नजिकबाट अनुगमन गरिरहेको बताएकी छिन् ।

क्यानाडाको वातावरण सेवाका अनुसार दुर्घटनाको समय पश्चिमबाट २९ माइल प्रति घण्टाको गतिमा हावा चलिरहेको थियो । हिमपातको रिपोर्ट गरिएको थियो। टोरन्टोमा सोमबार तापक्रम केवल २० डिग्री फरेनहाइटसम्म पुग्ने अनुमान गरिएको थियो।

विमानस्थलले यसअघि हवाई कम्पनीहरूले पछिल्लो हिमआँधी पछि उडान पुनःसंचालन गरिरहेकाले व्यवस्ता रहेको बताएको थियो । हिमआँधीका कारण ८ इन्चसम्म हिमपात भएको थियो ।

यो उडान डेल्टाको सहायक कम्पनी, एन्डेवर एयरले सञ्चालन गरेको थियो, जुन सामान्यतया छोटो मार्गमा साना विमान चलाउँछ। एन्डेवरको बेडामा लगभग १२० वटा बमबार्डिएर सीआरजे ९०० एस विमान छन्, जुन विमान सोमबारको दुर्घटनामा संलग्न थियो। ती विमानहरूमा ७० वा ७६ सीटहरू छन्।

यो विमान लगभग १६ वर्ष पुरानो थियो । नियमित मर्मत गर्दा यस्ता यात्री जेट विमानहरू प्रायः दुईदेखि तीन दशकसम्म सञ्चालनमा रहन्छन्। संसारभरि ३८० भन्दा बढी यस्ता विमानहरू एयरलाइन्सहरूले प्रयोग गरिरहेका छन्। दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको यो विमानको सुरक्षा रेकर्ड बलियो रहेको सिरियम डाटाले जनाएको छ।

डेल्टाको विमान उल्टिएपछि हवाई यातायात नियन्त्रकले अर्को उडानलाई आपतकालीन अवस्थाबारे चेतावनी दिएको थियो ।

कभर तस्वीर सांकेतिक मात्र हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com