युक्रेनको भविष्य सुरक्षित गर्न अमेरिकासँग मिलेर काम गर्नुपर्छ : बेलायती प्रधानमन्त्री स्टार्मर


प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार

Britain’s Prime Minister Keir Starmer and Britain’s Chancellor of the Exchequer Rachel Reeves (R) arrive for a meeting with business leaders in central London on January 28, 2025. (Photo by BENJAMIN CREMEL / POOL / AFP)

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले युरोपले उत्तर एटलान्टिक सन्धि सङ्गठन ‘नाटोमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने’ र ‘युक्रेनको भविष्य सुरक्षित गर्न’ अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताएका छन् ।

सोमबार पेरिसमा हुने युरोपेली नेताहरूको अपेक्षित भेलाको पूर्वसन्ध्यामा उनले यस्तो टिप्पणी गर्नुभएको हो । यद्यपि, फ्रान्सले बैठकको पुष्टि गरेको छैन।

नाम नबताउने शर्तमा एक बेलायती अधिकारीले एएफपीसँग भने, “यदि यो बैठक अघि बढ्यो भने स्टार्मर बैठकमा सहभागी हुनेछन् ।”

एक वक्तव्यमा बेलायतका प्रधानमन्त्री स्टार्मरले भने, “यो हाम्रो राष्ट्रिय सुरक्षाको लागि एक पुस्तामा एक पटक गर्नुपर्ने कार्य हो । हामी आज विश्वको वास्तविकता र रूसबाट सामना गरिरहेको खतरासामु छौँ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, “युरोपले नाटोमा व्यापक भूमिका खेल्नुपर्छ यो स्पष्ट छ । हामीले युक्रेनको भविष्य सुरक्षित गर्न र रूसबाट सामना गर्ने खतराको सामना गर्न संयुक्त राज्य अमेरिकासँग मिलेर अघि बढ्नेछौँं।ू

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट्ने अपेक्षा गरिएका स्टार्मरले बेलायतले अमेरिका र युरोपलाई एकसाथ राख्नका लागि काम गर्ने बताए ।

उनले भने, “हामी नाटो गठबन्धनमा कुनै पनि विभाजनलाई हामीले सामना गरिरहेका बाह्य शत्रुहरूबाट विचलित हुन दिन सक्दैनौँ।”

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार युरोपले आफ्नो रक्षा खर्च बढाउनुपर्ने चेतावनी दिएपछि स्टार्मरको यो भनाइ आएको हो।

युक्रेनमा रुसको युद्ध अन्त्यका लागि कुनै पनि वार्ताको टेबुलमा आउन युरोपेली नेताहरू कोसिस गरिरहेका बेला पनि यी कदमहरू आएका हुन्।

ट्रम्पले यसै हप्तो चाँडै रूसी नेता भ्लादिमिर पुटिनलाई भेट्ने सम्भावना छ र द्वन्द्व अन्त्यको लागि वार्ता सुरु गर्न सकिन्छ भनी दिएको टिप्पणीले यथास्थितिलाई तरङ्गीत पारेको थियो । यूरोपमा अमेरिकी सहयोगीहरू युक्रेनमा कुनै पनि सम्झौतामा उनीहरूको हितलाई किनारा लगाउने चिन्ताबाट गुज्रिरहेका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, नेटो प्रमुख मार्क रूट र अमेरिकी उपराष्ट्रपति जेडी भान्सलगायत वरिष्ठ युरोपेली अधिकारीहरू युरोप, युक्रेन र नाटोको भूमिकाका बिषयमा छलफलका लागि म्युनिखमा जुटेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com