दक्षिण कोरियाको एक निर्माणाधीन होटलमा आगलागी, ६ जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार

(250214) — BUSAN, Feb. 14, 2025 (Xinhua) — This photo taken on Feb. 14, 2025 shows the site of a fire at a construction site in Busan, South Korea. Six people were killed and seven others injured after fire broke out at a construction site in South Korea’s southeastern port city of Busan on Friday, according to multiple media outlets. (NEWSIS via Xinhua)

दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा निर्माणाधीन एक होटलमा शुक्रबार भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । यस्तै, ७ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान ११ बजेतिर ‘बनयान ट्रि होटल’ मा आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन् ।

‘नेशनल फायर एजेन्सी’का एक अधिकारीले एएफपीलाई बताएअनुसार आगलागी हुँदा करिब १०० जना कामदार होटेलमा रहेका थिए ।

कामदारहरूले इन्सुलेसन सामग्री भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लाबाट आगलागी सुरु भएको हुन सक्ने अग्नि नियन्त्रण विभागका एक अधिकारीले पत्रकारलाई बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले अधिकारीहरूलाई ‘आगो निभाउनका लागि उपलब्ध सबै कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिएको अर्थ मन्त्रालयले जनाएको छ।

चोइले भने, “खोजी र उद्धार कार्यका क्रममा हताहत हुनबाट जोगाउन हरसम्भव प्रयास गरिनुपर्दछ र अग्निनियन्त्रकहरूको सुरक्षा पनि सुनिश्चित गर्नुपर्दछ।”

दिउँसो १ः३० बजेतिर आगो नियन्त्रणमा आएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com