ट्रम्प-पुटिनबीचको फोन वार्ताको केही घण्टामै युक्रेनमाथि रुसी आक्रमण


प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

This handout photograph taken and released by the Ukrainian State Emergency Sevice on February 2, 2025, shows rescuers working at a damaged residential building, a day after a missile strike, in Potlava, amid the Russian invasion on Ukraine. The death toll has risen to 14 people, including 2 children, the Emergency Service informed. (Photo by Ukrainian State Emergency Service / AFP)

रुसले बुधबार रातभर १४० वटा ड्रोन प्रयोग गरी युक्रेनमाथि आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको फोन वार्तालापको केही घण्टा पछाडि रुसले युक्रेनमाथि आक्रमण गरेको हो ।

युक्रेनी वायु सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै फेब्रुअरी १३, २०२५ को रात रुसले १४० वटा ड्रोनहरू प्रयोग गरी आक्रमण गरेको जनाएको छ । युक्रेनी वायु सेनाले यीमध्ये ८५ वटा ड्रोन खसाल्न सफल भएको उल्लेख गरेको छ ।

वायु सेनाका अनुसार यो आक्रमणको प्रभाव मुख्य रूपमा ओडेसा र खार्किभ क्षेत्रमा परेको छ। त्यस्तै, रुसी सेनाले खेरसोन सहरमा आवासीय भवनहरूमा गोलाबारी गर्दा दुई जना घाइते भएका छन्। साथै, जापोरिझिझिया फ्रन्टलाइन क्षेत्रमा रुसी सेनाले १० वटा हवाई आक्रमण गरेको क्षेत्रीय प्रशासनले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘लामो र अत्यन्तै उपयोगी’ फोन वार्ता भएको बताएका थिए । ट्रम्पका अनुसार उनीहरूले युक्रेन युद्धको कूटनीतिक समाधानका लागि सहकार्य गर्ने सहमति जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले पुटिनसँगको वार्तापछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पनि फोन गरेर वार्ताको विषयमा जानकारी गराएको बताएका थिए । उनले भनेका थिए, “युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनजस्तै शान्ति स्थापनाका पक्षमा छन् ।”

पछिल्लो आक्रमणसँगै युक्रेन युद्धको अवस्था झन् जटिल बनेको छ। युद्धको समाधानका लागि कूटनीतिक प्रयास जारी रहे पनि युक्रेनमा रुसी आक्रमण रोकिएको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com