ट्रम्प प्रशासनको निर्णयविरुद्ध ८ अमेरिकी महानिरीक्षकहरूद्वारा अदालतमा मुद्धा दायर


प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

Trump

अमेरिकाका ८ महानिरीक्षकहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्। ट्रम्पले उनीहरूलाई सङ्घीय निकायहरूमा स्वतन्त्र निगरानी गर्ने भूमिकाबाट हटाउने निर्णय गरेपछि उनीहरूले अदालतको सहारा लिएका हुन्।

महानिरीक्षकहरूले वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतसँग आफूहरू अझै पनि कानुनी रूपमा पदमा रहेको घोषणा गर्न माग गरेका छन्। साथै, प्रशासनलाई उनीहरूको आधिकारिक कर्तव्यमा हस्तक्षेप नगर्न आदेश दिन आग्रह गरेका छन्।

उनीहरूले महानिरीक्षक ऐनको उल्लङ्घन भएको दाबी गरेका छन् । सो ऐनअनुसार, राष्ट्रपतिले तब महानिरीक्षकहरूलाई हटाउन सक्नेछन् जब उनले कम्तीमा ३० दिन अगाडि कांग्रेसलाई जानकारी दिनेछन् र ठोस कारण प्रस्तुत गर्नेछन्।

ट्रम्पले अहिलेसम्म कम्तीमा १७ महानिरीक्षकहरूलाई हटाइसकेका छन्, जसलाई डेमोक्र्याटहरूले गैर कानुनी भनेका छन्। ट्रम्पकै रिपब्लिकन पार्टीका एक वरिष्ठ सिनेटरले समेत ह्वाइट हाउससँग स्पष्टीकरण मागेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी बर्खास्तीहरु ट्रम्पले सङ्घीय सरकारलाई पुनः संरचना गर्ने उद्देश्यसहित जारी गरेका विभिन्न कार्यकारी आदेशहरूमध्ये एक भाग भएको बताइएको छ। तर, उनका धेरै नीतिहरू अदालतहरूद्वारा रोकिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com