न्युयोर्कका मेयर एरिक आडम्स विरुद्धका अभियोग खारेज गर्न ट्रम्प प्रशासनको निर्देशन


प्रकाशित मिति : माघ २८, २०८१ सोमबार

अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले न्युयोर्कका मेयर एरिक आडम्स विरुद्धका अभियोग खारेज गर्न निर्देशन दिएको छ । डेपुटी एटोर्नी जनरल इमिल बोभले न्यूयोर्कका संघीय अभियोजकहरूलाई न्यूयोर्क सिटीका मेयर एरिक एडम्सविरुद्धको भ्रष्टाचार अभियोग खारेज गर्न आदेश दिएका हुन् ।

एडम्सविरुद्ध लगाइएका सबै अभियोगहरू बिना पूर्वाग्रह खारेज गर्न निर्देशन दिइएको हो । जसको अर्थ भविष्यमा पुनः अभियोग लगाउन सकिनेछ। अभियोगहरु अझै खारेज गरिएको छैन र न्यूयोर्कका संघीय अभियोजकहरूले यसबारे केही बताएका छैनन् ।

खारेजीका लागि अभियोजकका तर्फबाट मोशनका रुपमा अदालतमा दायर हुनुपर्छ । खारेज गर्ने प्रस्तावलाई पनि न्यायाधीशद्वारा समीक्षा गर्नुपर्नेछ। न्युयोर्कका मेयर एरिक
आडम्सविरुद्ध सेप्टेम्बरमा घुसखोरी, धोखाधडी र अन्य अभियोग लगाइएको थियो। अभियोगमा उनीविरुद्ध ​​धनी टर्कीका नागरिकहरू र कम्तीमा एक सरकारी अधिकारीबाट १ लाख १० हजार डलर मूल्यको निशुल्क विमान टिकट र विलासी होटेलमा बसेको आरोप लगाएको छ।

आडम्सले दोष स्वीकार गरेका छैछन्। उनले आफू निर्दोष रहेको र आरोप राजनीतिक प्रेरित भएको तथा आफूले आरोपविरुद्ध लड्ने बताएका छन् । डिपार्टमेन्ट अफ जस्टिसका वरिष्ठ अधिकारीले ट्रम्पद्वारा सरकारी वकिल नियुक्त भएपछि आरोपहरू समीक्षा गरिने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आडम्सविरुद्ध अभियोग ल्याएका बाइडेन प्रशासनद्वारा नियुक्त वकिल डेमियन विलियम्सले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएपछि राजीनामा दिएका थिए।
जनवरीको अन्त्यतिर आडम्सका एक वकिलले डिपार्टमेन्ट अफ जस्टिसको नेतृत्वसँग सम्पर्क गर्दै उनीविरुद्धको फौजदारी मुद्दा खारेज गर्न अनुरोध गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com