अमेरिकी एन्ड्रोइड प्रयोगकर्ताहरूले टिकटकको वेबसाइटमार्फत एप डाउनलोड गर्न मिल्ने


प्रकाशित मिति : माघ २६, २०८१ शनिबार

टिकटकले अमेरिकी एन्ड्रोइड प्रयोगकर्ताहरूले टिकटकको आधिकारिक वेबसाइटमार्फत प्याकेज किटहरू प्रयोग गरी एप डाउनलोड गर्न र कनेक्ट गर्न सक्ने जनाएको छ । यसलाई अमेरिकामा टिकटकमाथि लगाइएको प्रतिबन्धहरू छल्न गरिएको रणनीतिक प्रयासको रूपमा हेरिएको छ।

जनवरी १९ देखि लागू भएको अमेरिकी कानुनअनुसार टिकटकको चिनियाँ मूल कम्पनी बाइटड्यान्सलाई एप बेच्न वा प्रतिबन्धको सामना गर्नुपर्ने नियम लगाइएको छ। सोही कारण एप्पल र गुगलले अझैसम्म टिकटकलाई आफ्ना एप स्टोरहरूमा पुनः स्थापना गरेका छैनन्।

कानुन लागू भएको भोलिपल्टै पदभार ग्रहण गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कानुन लागू गर्न ७५ दिन ढिलाइ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

राष्ट्रपति ट्रम्पले टिकटकको खरिदबारे विभिन्न सम्भावित पक्षहरूसँग छलफल गरिरहेको बताएका छन्। उनले यसै महिनाभित्र एपको भविष्यबारे निर्णय गर्ने सङ्केत दिएका छन्। अमेरिकामा टिकटकका करिब १७ करोड प्रयोगकर्ताहरू छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com