अमेरिकाले कागजातविहीन भारतीय नागरिकलाई फिर्ता पठाएपछि विदेश मन्त्रीले के भने ?


प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार

अमेरिकामा बिना वैध कागजात बसिरहेका भारतीय आप्रवासीलाई फिर्ता भारत पठाउने विषयमा विदेश मन्त्री एस जयशंकरले संसदमा प्रतिक्रिया दिएका छन्।

उनले विदेशमा अवैध रुपमा बसिरहेका आफ्ना नागरिकहरुलाई फिर्ता ल्याउने सबै देशहरुको जिम्मेवारी रहने जिकिर गरे । उनले भने, “आफ्ना नागरिक विदेशमा अवैध रूपमा बसिरहेका छन् भने उनीहरूलाई फिर्ता ल्याउनुपर्छ । यो सबै देशहरूको जिम्मेवारी हो ।”

विदेश मन्त्री जयशंकरले थपे, “यो त्यतिबेला मात्र सम्भव हुन्छ, जब उनीहरूको नागरिकताको स्पष्ट रूपमा पुष्टि गरिन्छ। यो कुनै विशेष नीति होइन, न त मात्र भारतले अपनाएको नीति हो। यो अन्तर्राष्ट्रिय सम्बन्धहरूमा सामान्य रूपमा स्वीकार गरिएको सिद्धान्त हो।”

उनले निर्वासनको प्रक्रिया कुनै नयाँ नभएको जिकिर गरे । “निर्वासनको प्रक्रिया कुनै नयाँ होइन, यो धेरै वर्षदेखि चल्दै आएको छ। यो कुनै एक देशमा मात्र लागू हुने नीति होइन।”, उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार अमेरिकी सेनाको एउटा विमान अमेरिकामा बिना कागजात बसिरहेका भारतीयहरूलाई लिएर अमृतसरको श्री गुरु रामदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com