अमेरिकी हुलाक सेवाले उल्टायो चीनबाट पार्सल सेवा बन्द गर्ने निर्णय


प्रकाशित मिति : माघ २३, २०८१ बुधबार

white and red van parked near bare trees during daytime

हङकङ र चीनबाट आउने पार्सलहरू नयाँ कार्यकारी आदेशका कारण बढ्दो निरीक्षणको आवश्यकताका बावजुद अमेरिकी हुलाक सेवा युएसपिएसले स्वीकार गर्ने भएको छ। अमेरिकी हुलाक सेवाले बुधबार घोषणा गर्दै चीन र हङकङबाट आउने पार्सलहरूलाई रोक्ने अस्थायी निर्णयलाई उल्टाउँदै तिनीहरूलाई निरन्तर स्वीकार गर्ने बताएको छ। राष्ट्रपति ट्रम्पको आदेश लागू भएसँगै साना पार्सलहरूको शुल्कमुक्त व्यवस्थापन अन्त्य भएको थियो।

ट्रम्पले शनिबार चीनबाट मङ्गलबारदेखि बाहिरिने सबै सामानहरू उच्च मूल्यका सामानहरूको नियमअनुसार चल्नुपर्ने आदेश दिएका थिए । यसअघि प्रति पार्सल ८ सय डलरसम्मको सामानको विस्तृत विवरण समावेश गर्नुपर्ने थिएन र तिनमा कुनै पनि शुल्क लाग्दैनथ्यो।

हुलाक सेवाका प्रवक्ताले चीन र हङकङ पोस्टबाट आउने अन्तर्राष्ट्रिय पत्रहरू तथा पार्सलहरू स्वीकार गरिरहने बताएका छन् । युएसपिएस र सीमा सुरक्षा तथा भन्सार निकाय मिलेर नयाँ चीन शुल्क संकलन प्रणालीलाई प्रभावकारी बनाउने कार्य गरिरहेका र त्यसले पार्सल डेलिभरीमा न्यूनतम अवरोध सुनिश्चित गर्ने उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी दैनिक चार मिलियनभन्दा बढी कम मूल्यका पार्सलहरू आयात गर्छ, जसमा प्रायः चीनबाट आउने पार्सलहरू भन्सार निरीक्षण विना तथा शुल्करहित रहन्छन्। ट्रम्प प्रशासन र अन्य आलोचकहरूले यस्ता पार्सलहरू मार्फत फेन्टानिल जस्ता लागू औषध तथा सम्बद्ध सामग्रीहरू अमेरिका भित्रिएको दाबी गरेका छन्।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले चीनबाट आउने सामानहरूको निरीक्षण र भन्सार शुल्क लागू गर्ने जिम्मेवारी लिए पनि यसबारे तत्काल प्रतिक्रिया दिएको छैन। ह्वाइट हाउसले पनि कुनै टिप्पणी गरेको छैन। व्यापार कानुन विशेषज्ञहरूका अनुसार पार्सल रोक्ने निर्णय कार्यकारी आदेशकै कारण भएको हो।

ट्रम्पको व्यापार आदेशहरू हतारमा कार्यान्वयन गरिँदा हुलाक तथा भन्सार अधिकारीहरूलाई लाखौँ पार्सलहरूको निरीक्षणका लागि तयारी गर्न गाह्रो भएको थियो। ट्रम्पले चीनमाथि अतिरिक्त शुल्क लगाउने घोषणा गर्दा साना पार्सलहरूमा शुल्कमुक्त सुविधा हटाउने कुरा भने गरेका थिएनन् । फेब्रुअरी १ मा उनले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै १० प्रतिशत अतिरिक्त शुल्क लगाउने निर्णय गरेका थिए, जुन तीन दिनमै लागू भयो।

डीएचएल जस्ता निजी ढुवानी कम्पनीहरूले पनि नयाँ नियमहरू कार्यान्वयन गर्न भन्सार अधिकारीहरूसँग छलफल गरिरहेका छन्। ग्लोबलडाटा रिटेलका प्रबन्ध निर्देशक निल सन्डर्सका अनुसार चीन र हङकङबाट आउने पार्सलहरू रोक्दा मुख्य रूपमा शिन, टेमु र अमेजन जस्ता ईकमर्स कम्पनीहरू प्रभावित हुनेछन्।

यसअघिको नियम अन्तर्गत चीनबाट आउने साना पार्सलहरू भन्सार शुल्क विना अमेरिका भित्रिन्थे। अब तिनीहरूमा १० प्रतिशत अतिरिक्त शुल्क लागू हुने मात्र नभई विभिन्न श्रेणीका जटिल शुल्कहरू पनि लाग्नेछन्। चीनबाट साना पार्सल आयात रोकिँदा अमेरिकी वस्त्र तथा कपडा उत्पादन उद्योगलाई फाइदा पुग्न सक्छ। अमेरिकी निर्माता कम्पनीहरूले चीनबाट सस्ता वस्त्रहरू भित्रिँदा आफूहरू प्रतिस्पर्धामा टिक्न नसकेको गुनासो गर्दै आएका थिए।

ई कमर्स वृद्धिले भन्सार तथा सीमा सुरक्षा निकायहरूका लागि चुनौती खडा गरिरहेको छ। २०१६ मा अमेरिकी संसदले ८०० डलरसम्मको सामानमा शुल्क नलाग्ने नियम लागु गरेपछि शुल्कमुक्त पार्सलहरूको सङ्ख्या दश गुणाले बढेको थियो। यसअगाडि यो सिमा २ सय डलरसम्मको सामानमा थियो ।

अमेरिकाले जबरजस्ती श्रममा आधारित सामानहरू आयात गर्न रोक लगाउने कानुन पारित गरेपछि चीनमा उत्पादित कपडाहरू अमेरिकामा भित्रिन कठिन भइरहेको छ।८ सय डलरसम्मको सामानमा शुल्क नलगाउने नियम हटेपछि चीनबाट कपडा आयात गर्न झन् गाह्रो बन्न सक्छ। ग्याप जस्ता ठूला ब्रान्डहरूले ठूलो मात्रामा सामान आयात गर्दा पहिल्यै भन्सार शुल्क तिरेका हुन्छन्, त्यसैले तिनीहरू ईकमर्स कम्पनीहरू जत्तिको असरमा पर्ने छैनन्। नयाँ भन्सार नियमहरू लागू भएसँगै ई कमर्स कम्पनीहरू, निजी ढुवानी सेवाहरू र अमेरिकी खुद्रा बजारमा ठूलो असर पर्ने देखिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com