टिकटक हेरेको भन्दै बाबुले गरे छोरीको गोली हानी हत्या
प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार
टिकटक हेरेको आरोपमा बाबुले छोरीको गोली हानी हत्या गरेका छन ।
पाकिस्तानको क्वेटा शहरमा आफनी छोरीको गोली हानी हत्या गरेका अंवार उल हक लाई प्रहरीले पक्राउ गरेको हो ।
टिकटकका भिडियो आफुलाइ मन नपर्ने बताउदै अंवार उल हकले छोरी हिरा अनवारले टिकटक नहेर्न र भिडियो पोष्ट नगर्न नमानेपछि गोली हानी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन ।
अमेरिकामा रहेको परिवारलाई ति पुरुषले केहि समयअघि मात्रै पाकिस्तान फिर्ता लगेका थिए । सुरुमा छोरीको हत्यामा अरु कसैको सम्लग्नता भएको बताएका अंवारले पछि घटनामा आफनो सम्लग्नतालाई स्वीकार गरेका त्यहाँको प्रहरीले बताएको छ ।
पाकिस्तानमा इज्जतको हत्याका घटना बर्षेनी बढिरहेका छन । यो घटना पनि होनर किलिङसँग सम्वन्धित छ या छैन भनेर पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मानवअधिकार समूहका अनुसार पाकिस्तानमा प्रत्येक वर्ष प्रायः महिलाको इज्जतको नाममा हत्या गरिन्छ। यी हत्याहरू प्रायः परिवारका सदस्यहरूले गरिरहेका हुन्छन् ।
हिरा अनवारको घटनामा प्रहरी प्रवक्ताले परिवारलाई उनकी छोरीको लुगा, जीवनशैली र सामाजिक जमघटसँग आपत्ति रहेको बताएका छन ।
हिरा अनवारको परिवार २५ वर्ष अमेरिका बसेर पाकिस्तान फर्किएको थियो । हिराले परिवार फर्कनुअघि देखि नै टिकटकमा पोष्ट गर्ने गरेकी थिइन ।








