संविधान कार्यान्वयनसँगै महिला र दलित समुदाय उत्साही


प्रकाशित मिति : भाद्र ३१, २०७४ शनिबार

g]kfnsf] ;+ljwfg @)&@ hf/L ub}{ g]kfnsf /fi6«klt 8f= /fdj/0f ofbj ;fydf cWoIf ;’jf; rGb| g]Djfª . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ, ३१ भदौ । मुलुकमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पुगेको छ । लामो समयको जनताको ब्यग्र प्रतीक्षापछि जारी भएको संविधानले महिला, आदिवासी जनजाति, दलित, पिछडा वर्गलगायत सदियौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गरेको छ ।

यो दुई वर्षमा संविधानमा लिपिबद्ध भएका अधिकार कार्यान्वयनले गति लिएको छ । संविधानमा व्यवस्था भएअनुसार नै मुलुकले पहिलो महिला राष्ट्रपति र पहिलो महिला सभामुख पाएको छ । सरकारमा महिलाको सहभागिता बढेको छ ।

संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको निर्वाचनमा महिला, दलित तथा अन्य उत्पीडित समुदायबाट पनि महानगरपालिका प्रमुख, नगरपालिका प्रमुख, गाउँपालिकाको अध्यक्ष, वडाध्यक्ष र सदस्य बनेका छन् । त्यसैगरी अंशमा महिलाको समान अधिकार, बोक्सी प्रथा, छाउपडी, बहुविवाह नियन्त्रणसम्बन्धी कानून निर्माण प्रक्रिया अगाडि बढेको छ । संविधानको धारा ३८ मा महिलाको हक उल्लेख गरिएको छ ।

संविधानको धारा ३८ महिलाको हकमा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । त्यसैगरी संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपा (एमाले) की नेत्री विन्दा पाण्डेले महिलाको सवालमा संविधानले परिकल्पना गरेको अधिकार क्रमिक रूपमा कार्यान्वयन हुँदै जानु खुशीको कुरा हो भन्नुभयो ।

निर्वाचनसम्बन्धी कानूनमा स्थानीय तहमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रत्येक वडा सदस्यमा एक जना महिला र एक जना दलित महिला अनिवार्य हुनुपर्ने व्यवस्था निर्वाचन कानूनमा व्यवस्था गरिएको छ । नेपाली काँग्रेसकी नेत्री उमा रेग्मीले भन्नुभयो– “पहिलेको तुलनामा नयाँ संविधानले महिलाका धेरै अधिकार सुनिश्चित गरेको छ, स्थानीय तहमा महिलाको अनिवार्य सहभागिताले महिला उत्साही त छन्, तर अधिकारका लागि अझै संघर्ष गर्नुपर्छ ।’


त्यसैगरी संविधानमा व्यवस्था भएअनुसार राष्ट्रिय दलित आयोग र महिला आयोगलाई संवैधानिक बनाउने प्रक्रिया अगाडि बढेको छ । त्यसैगरी संविधानमा राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग गठन गर्ने व्यवस्थन गरिएको छ ।

दलित अधिकारकर्मी गणेश विकेले नयाँ संविधान आएपछि समग्रमा दलित समुदायको राज्यका हरेक संरचनामा सहभागिता बढ्दै गएको बताउनुभयो । संविधानको धारा २४ मा छुवाछूत तथा भेद्भावविरुद्धको हक र धारा ४० मा दलितको हक उल्लेख गरिएको छ ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा दलित उपमहानगरपालिकाको प्रमुख, नगरपालिकाको प्रमुख गाउँपालिकाको अध्यक्ष र सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का नेत्री तथा सांसद अनिता परियारले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि महिला एकीकृत भएर संघर्ष गर्नुपर्छ भन्नुभयो ।

दलित महिला अधिकारकर्मी गौरा नेपालीले प्रत्येक वडामा एक जना दलित महिला अनिवार्य हुनुपर्ने कानूनी व्यवस्थाले दलित महिलामा जागरुकता ल्याएको छ भन्नुभयो ।

तत्कालीन राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान २०७२ लाई २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको घोषणा गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com