दक्षिण कोरियाली विमानमा आगलागी, विमानमा रहेका सबै १७६ जनाको सकुशल उद्धार


प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

South Korea Plane Fire

दक्षिण कोरियाको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति उडान गर्नुअघि एयर बुसानद्वारा सञ्चालित एयरबस विमानमा आगलागी भएको छ। तर, विमानमा रहेका १७६ जना यात्रु र चालकदलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन्।

दक्षिण कोरियाको यातायात मन्त्रालयका अनुसार हङकङका लागि प्रस्थान गर्न लागेको ए३२१ मोडेलको विमानको पछाडिको भागमा आगो लागेको थियो। विमानमा रहेका १६९ यात्रु, छ जना चालकदलका सदस्य र एक जना इन्जिनियरलाई आपतकालीन एस्केप स्लाइडमार्फत सुरक्षित रूपमा बाहिर निकालिएको छ।

राष्ट्रिय अग्नि नियन्त्रण निकायका अनुसार उद्धारका क्रममा तीन जना सामान्य रूपमा घाइते भएका छन्। घटनास्थलमा दमकल र उद्धारकर्मी परिचालन गरिएपछि स्थानीय समयअनुसार राति ११:३१ बजे आगो पूर्ण रूपमा नियन्त्रण गरिएको थियो। आगलागीको कारण तत्काल पत्ता लाग्न सकेको छैन।

यो दक्षिण कोरियामा पछिल्लो एक महिनाभित्र भएको दोस्रो ठूलो विमान दुर्घटना हो। गत डिसेम्बर २९ मा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको बोइङ ७३७-८०० विमान दुर्घटना भएको थियो। उक्त घटनामा १८१ मध्ये २ जनाबाहेक सबैको मृत्यु भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेजु एयरको विमान ल्यान्डिङ गियर खुल्न नसकेपछि धावनमार्गबाट चिप्लिएर कङ्क्रिट संरचनामा ठोक्किँदा आगलागी भएको थियो। सोमबार सार्वजनिक प्रारम्भिक प्रतिवेदनअनुसार विमानको इन्जिनमा चराहरू ठोक्किएको प्रमाण फेला परेको छ । तर, दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास जारी छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com