अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बेलायती प्रधानमन्त्री स्टार्मरको प्रशंसा


प्रकाशित मिति : माघ १३, २०८१ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केइर स्टार्मरको प्रशंसा गरेका छन् । ट्रम्पले बेलायती प्रधानमन्त्री स्टार्मरले ‘निकै राम्रो काम’ गरेको बताए । उनले आगामी २४ घण्टाभित्र दुई नेताबिच वार्ता हुने पनि बताए ।

“मलाई लाग्छ उहाँले अहिलेसम्म निकै राम्रो काम गर्नुभएको छ”, राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारसँग भने, “म उहाँलाई धेरै मन पराउँछु।”

ट्रम्पका निकट सहयोगी तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले हालै गरेको निर्मम मौखिक आक्रमणको सिकार बनेपछि स्टार्मरबारे ट्रम्पको यो टिप्पणी आएको हो ।

ट्रम्प प्रशासनको ‘सरकारी कार्यदक्षता विभाग’ नामक नवगठित निकायको प्रमुखमा नियुक्त मस्कले यसै महिना आफ्नो सामाजिक सञ्जाल एक्सको प्रयोग गर्दै बेलायती प्रधानमन्त्री स्टार्मरविरुद्ध गरेका पोस्ट र राष्ट्रपति ट्रम्पको बेलायती सरकारसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले पत्रकारसँग भने, “म स्टार्मरको दर्शनसँग सहमत नहुन सक्छु तर उहाँसँग मेरो राम्रो सम्बन्ध छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले भने, “उहाँ उदार हुनुहुन्छ, जुन मेरो लागि अलि फरक छ, तर मलाई लाग्छ उहाँ धेरै राम्रो व्यक्ति हुनुहुन्छ।”

राष्ट्रपति ट्रम्पले थपे,  “उहाँ र मेरो आगामी २४ घण्टामा फोन वार्ता हुँदैछ।”

गत जुलाईमा निर्वाचित भएको बेलायतको नयाँ लेबर सरकारले ट्रम्पको टोलीसँग सहकार्यका लागि महिनौँदेखि प्रयास गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com