आवास निर्माण प्रशिक्षार्थीलाई नगद प्रोत्साहन दिने अस्ट्रेलियाका प्रधानमन्त्रीको घोषणा


प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार

अस्ट्रेलियाका प्रधानमन्त्रीले आवास निर्माण क्षेत्रमा काम गर्ने प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गरेका छन् ।

नेसनल प्रेस क्लबमा सन् २०२५ को पहिलो प्रमुख सम्बोधनमा चुनावी नीतिको घोषणा गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानीसले शुक्रबार प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गरेका हुन् । यसले अस्ट्रेलियामा ’ट्राडिज’ भनेर चिनिने अर्को पुस्ताका दक्ष कामदारलाई सहयोग गर्ने र निर्माण कार्यबललाई प्रोत्साहन गर्ने बताए ।

प्रोत्साहनका लागि ६२ करोड ६० लाख ९० हजार अष्ट्रेलियन डलर (करिब ३९ करोड ९० लाख ४० हजार अमेरिकी डलर) छुट्टाइएको छ । यस नीति अन्तर्गत आवासीय निर्माणमा काम गर्ने दक्ष श्रमिकहरूले उनीहरूको प्रशिक्षणको क्रममा पाँच किस्तामा १० हजार अष्ट्रेलियन डलर (छ हजार ३०८ अमेरिकी डलर) प्राप्त गर्नेछन् ।

अल्बानीसले भने, “हामी नयाँ पुस्ताका दक्ष कामदार (ट्राडीज) हरू पहिचान गर्नेछौँ, हामीलाई आवश्यक नयाँ घरहरू निर्माण गर्न हामीले भरोसा गरिरहेका व्यक्तिहरू आर्थिक दबाबमा छन्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, “धेरैले आर्थिक अभावका कारण प्रशिक्षण छोड्छन् हाम्रो सरकार धेरै भन्दा धेरै अष्ट्रेलियालीहरूलाई उपकरणहरू प्राप्त गर्न र निर्माणमा रहन प्रोत्साहित गर्न चाहन्छ।”

अल्बानीसको लेबर पाटीको नेतृत्वमा रहेको सरकारले सन् २०२३ मा अस्ट्रेलियामा सन् २०२९ सम्मको पाँच वर्षको अवधिमा १२ लाख नयाँ घर निर्माण गर्ने लक्ष्य राखेको थियो ।

उद्योग सङ्गठन मास्टर बिल्डर्स एशोसिएशनले बुधबार दिएको जानकारीअनुसार सन् २०२४ को सेप्टेम्बरसम्मको १२ महिनाको अवधिमा एक लाख ६५ हजार नयाँ घरको निर्माण सुरु भएको छ ।

एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत डेनिटा वावनका अनुसार हालको गतिमा पाँच वर्षको अवधिमा आठ लाख २५ हजार नयाँ घर निर्माण हुनेछन् ।

अल्बानीजको सरकारद्वारा स्थापित उद्योग नेताहरूको एक सल्लाहकार समूहका अनुसार १२ लाख नयाँ घर निर्माणको लक्ष्य पूरा गर्न थप ९० हजार आवास निर्माण श्रमिकहरूको आवश्यकता पर्दछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com