स्ववियु चुनाव चैत ५ गते गर्ने सहमति


प्रकाशित मिति : माघ ७, २०८१ सोमबार

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आगामी चैतको ५ गते हुने भएको छ । २०७९ को चैत ५ गते नै स्ववियु चुनाव भएको थियो ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डाक्टर खड्क केसीको अध्यक्षतामा बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले चैत्र ५ गते स्ववियु चुनाव गर्ने सहमति जुटाएको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो ।

त्रिविको वार्षिक क्यालेण्डरमा फागुनको १५ गते चुनावको समय तोकिएको छ । तर अघिल्लो चुनाव चैत ५ गते भएकाले कानुनी जटिलता आउनसक्ने संभावनालाई मध्यनजर गरेर चुनावको मिती तय गरिएको बताइएको छ ।

प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि भने २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेकमा सम्पन्न भएको थियो ।

स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था अवलम्बन गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com