ट्रम्पलाई न्युयोर्कको फौजदारी मुद्दामा विनाशर्त रिहाइ


प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

Former President Donald Trump sits inside Manhattan Criminal Court, Thursday, May 2 2024. (Mark Peterson/Pool Photo via AP)

नवनिर्वाचित अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको फौजदारी मुद्दामा सजाय सुनाउने सुनवाई गरिएको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हश मनी मुद्दामा सबै ३४ आरोपमा जेल सजायबाट उन्मुक्ति दिइएको छ । फैसला सुनाउँदै न्यायाधिस हुवान मर्चनले ट्रम्पलाई राष्ट्पतिमा दोस्रो कार्यकालमा सफलताको कामना गरेका छन् ।

अदालतले ट्रम्पलाई बिना शर्त रिहाइ दिएको छ । जसको अर्थ उनले यस मामिलामा उनले न कुनै जरिवाना तिर्नु पर्नेछ न कुनै जेल सजाय भोग्नु पर्नेछ। न्यायाधिस मर्चनले यस मामिलामा ट्रम्पलाई बिना शर्त रिहा गर्नु अमेरिकाको सर्वोच्च पदलाई अतिक्रमण नगरी दिइएको वैध सजाय भएको बताएका छन् ।

कुनै जेल सजाय वा जरिवाना नभएपनि महिनौंको ढिलाइ पछि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे ट्रम्प शुक्रबार आपराधिक रूपमा सजाय पाउने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । उनी जेल वा अन्य कुनै ठोस सजायबाट जोगिएपछि कारवाहीले सांकेतिक महत्त्व मात्र राखेको छ । यसले ट्रम्पलाई दोषीका रूपमा स्थितिलाई औपचारिक बनाएको छ ।

यस्तो अनौठो र उल्लेखनीय सेटको साथ यस अदालतलाई पहिले कहिल्यै प्रस्तुत नगरिएको तथा यो वास्तवमै असाधारण मामला भएको न्यायाधिस मर्चनले बताएका छन् । ट्रम्प सुनुवाईमा भर्चुअल रुपमा देखा परेका थिए । उनी फ्लोरिडाको मार ए लागो बाट भर्चुअल रुपमा उपस्थीत थिए । दुई ठूला अमेरिकी झण्डाहरूको अगाडि उनी आफ्ना एक वकिलसँग बसिरहेका थिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

ट्रम्पलाई काण्डबाट बच्न २०१६ मा उनको मौनताको बदलामा पोर्न स्टार स्टर्मी डेनियललाई गोप्य रूपमा पैसा तिरेको र उक्त रकम ब्यापार खर्चमा देखाएको आरोप थियो । उनलाई गत वर्ष मे महिनामा यस मुद्दामा दोषी ठहर गरिएको थियो। ट्रम्पले जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको सपथ लिनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com