लस एन्जलसको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर जाँदा हजारौँ घर छाड्न बाध्य


प्रकाशित मिति : पुस २४, २०८१ बुधबार

The Palisades Fire burns a residence in the Pacific Palisades neighborhood of Los Angeles, Tuesday, Jan. 7, 2025. (AP Photo/Ethan Swope)

बुधबार आँधीको गतिको हावाले बढाएको तीन वटा नियन्त्रण बाहिरका जङ्गली डढेलोले दर्जनौँ घर नष्ट गर्दा लस एन्जलसको उपनगरीय क्षेत्रबाट दशौँ हजार मानिस घर छाड्न बाध्य भएका छन् ।

अमेरिकी मिडियाका अनुसार उच्च वर्गीय प्यासिफिक पालिसेड्स छिमेकी क्षेत्र नजिकैको आगो निभाउने क्रममा कम्तीमा एक दमकलकर्मी घाइते भएका छन् र केही अन्य मानिस जलेको खबर आएको छ ।

भयानक हावाले आगोलाई फैलाउँदै रातो–तातो झिल्काहरूलाई सयौँ मिटर टाढासम्म उडाउँदै असहाय दमकलकर्मीहरूले निभाउन नसक्ने गरी नयाँ स्थानहरूमा आगो सल्किँदै गएको थियो ।

बिहान हुँदा लस एन्जलसमाथि धुवाँको विशाल पर्दा देखिन्थ्यो र हावामा जलेको तीखो गन्ध थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सहरका मेयर करेन बासले बुधबार बिहान एक्समा पोस्ट गर्दै चेतावनी दिनुभयो, “आँधी बिहानभर झन् खराब हुने अपेक्षा गरिएको छ ।”

लस एन्जलस टाइम्सका अनुसार पालिसेड्समा केही दमकलकर्मीले हाइड्रेन्टमा पानीको कमी सामना गरिरहेका छन् । त्यहाँको आगोले अहिलेसम्म लगभग तीन हजार एकड (१,२०० हेक्टर) भूमि जलाइसकेको छ ।

लस एन्जलसको उत्तरमा अल्टाडेना वरपर दुई हजार दुई सय एकडमा भएको इटोन आगलागीमा एएफपीका एक पत्रकारले आपत्कालीन कामदारहरूले वृद्ध बिरामीहरूलाई उनीहरूको हेरचाह सुविधाबाट ह्विलचेयरमा बाहिर निकाल्दै गरेको देखे ।

तेस्रो आगो सान्ता क्लारिटाको वरिपरि लागिरहेको थियो । प्यासिफिक पालिसेड्सको आगलागीले क्यालिफोर्नियाको सबैभन्दा मनपर्ने स्थानहरू मध्ये एकमा दर्जनौँ घर नष्ट गरिसकेको छ । त्यहाँ हलिउडका सेलिब्रेटीहरू करोडौँ डलरको घरमा बस्नेहरू मध्ये छन् ।

एमी पुरस्कार विजेता अभिनेता जेम्स वुड्सले आफ्नो घर खाली गर्न तयार हुँदै गर्दा आफ्नो घर नजिकैका रूख र झाडीहरूमा आगो लागेको भिडियो पोस्ट गर्नुभयो र सबै आगोका अलार्म बजिरहेको बताउनुभयो ।

“हाम्रो पहाडको प्यारो सानो घर यति लामो टिक्यो भन्ने मलाई विश्वास लाग्दैन । यो कुनै प्रियजनलाई गुमाए जस्तो महसुस भइरहेको छ”, उहाँले भन्नुभयो ।

मङ्गलबार साँझ जेनिफर लोपेजको नयाँ फिल्म ‘अनस्टपेबल’ को रेड–कार्पेट प्रिमियरसहित क्षेत्रभरका कार्यक्रमहरू रद्द गरियो भने स्क्रिन एक्टर्स गिल्ड अवार्डले बुधबारको व्यक्तिगत नामाङ्कन समारोहलाई प्रेस विज्ञप्तिले प्रतिस्थापन गर्ने बताएको छ ।

राष्ट्रपति जो बाइडेनले मङ्गलबार राति आफूलाई ‘डढेलो बारेमा बारम्बार जानकारी दिइरहेको’ र आवश्यक परेमा सङ्घीय सहयोगको प्रस्ताव गरेको बताउनुभयो ।

कारमा दौडियौँ 

मङ्गलबार बिहान पहिलो डढेलो सुरु भयो र धेरै बासिन्दालाई चकित पार्दै यो द्रुत गतिमा बढेको थियो ।

प्यासिफिक पालिसेड्सका बासिन्दा एन्ड्र्यु हाइरेसले उहाँको बच्चा दन्त चिकित्सककहाँ दाँत निकाल्न जाँदै गर्दा आगोको चेतावनी दिने सन्देश प्राप्त भएको बताउनुभयो । “हामीले मास्क निकाल्यौँ र कारमा दौडियौँ”, उहाँले भन्नुभयो ।

गेट्टी भिल्ला वरपरका रुख र वनस्पतिहरू जलेको तर संरचना र सङ्ग्रहहरू बचेको सङ्ग्रहालयले बतायो ।

अमेरिकी तेल अर्बपति तथा सङ्ग्रहकर्ता जे। पल गेट्टीले स्थापना गरेको र विश्वका सबैभन्दा धनी कला सङ्ग्रहालयहरू मध्येको एक गेट्टीले रोमन देहाती घरको प्रतिकृतिमा ग्रिक र रोमन पुरातात्विक वस्तुहरू राख्छ ।

यस क्षेत्रमा मौसमी सान्ता एना हावाले प्रहार गरिरहेको बेला आगो लागेको थियो । पूर्वानुमानकर्ताहरूले यो प्रतिघन्टा एक सय ६० किलोमिटरसम्मको वेगका साथ एक दशकमा सबैभन्दा खराब आँधीबेहरीमा परिणत हुनसक्ने बताएका थिए ।

“यो निकै चिन्ताजनक देखिन्छ”, मौसमविद् डेनियल स्वेनले भन्नुभयो ।

जङ्गलमा लागेको डढेलो अमेरिकाको पश्चिममा जीवनको हिस्सा हो र यसले प्रकृतिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

तर वैज्ञानिकहरूका अनुसार मानव–निर्मित जलवायु परिवर्तनले मौसम ढाँचाहरूलाई परिवर्तन गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com