न्युयोर्कको राजमार्गमा विमानको आकस्मिक अवतरण


प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार

एउटा विमान चमत्कारिक रूपमा न्यूयोर्कको राजमार्गमा शुक्रबार आपतकालीन अवतरण गरेको छ । अवतरणका क्रममा विमानका पाइलट र दुई यात्रुलाई कुनै चोटपटक लागेको थिएन भने राजमार्गमा समेत कुनै सवारी चालकलाई नोक्सान पुगेको थिएन ।

अल्बानी जाँदै गरेको सानो विमान दिउँसो अल्बानी बाहिर एक्जिट २३ को आसपासमा राजमार्गको व्यस्त सडकमा अवतरण गरेको थियो । कुनै स्क्र्याच बिना नै आई ८७ मा विमान अवतरण गरेको प्रहरीले जनाएको छ ।

चमत्कारिक रूपमा विमानले कुनै पनि सवारी साधनलाई प्रहार नगरेको प्रहरीले शुक्रबार पत्रकारहरूलाई जानकारी दिएको थियो । कुनै पनि सवारी साधनलाई ठक्कर नदिई र कसैलाई चोटपटक नलगाई एउटा विमान राजमार्गमा अवतरण गर्नु एकदमै अनौठो भएको प्रहरीको भनाई छ ।

फोटो न्युयोर्क राज्य प्रहरी

एस एण्ड एस एभिएसनमा दर्ता भएको उक्त विमान साउथ क्यारोलिनाबाट अल्बानी अन्तर्राष्ट्रिय विमानस्थलको लागि यात्रा गरिरहेको थियो । विमानले केही धमिलो र बरफको अवस्थाको बीचमा इन्जिन समस्या अनुभव गर्न थालेपनि आपतकालीन अवतरण गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाइलटले अल्बानी एयरपोर्टमा एयर ट्राफिक कन्ट्रोललाई शान्तपूर्वक आपतकालीन अवतरण गर्न लागेको जानकारी दिएका थिए । तर पाइलटले थप केही माइल उडान नसक्ने महसुस गरेपछि विमान राजमार्गमा नै अवतरण गर्नुपरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com